
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले लामा लुङ्गरिग रिन्पोछे र खेन्पो फुर्तेम्बा शेर्पाको बिदाई गरेको छ ।
गत शुक्रबार २२ सेप्टेम्बरका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमिति, सल्लाहकार, ट्रष्टिज र भक्तजनहरुले खादा लगाई बिदाई गरेका हुन् ।
केही महिनादेखि गुम्बामा रहेर बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिने, साम्बोटा लिपि पढाउने, शील दिने, विभिन्न पूजापाठहरु गर्ने साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु पढाउँदै आएका रिन्पोछे र खेन्पोलाई बिदाई गरिएको हो ।
करिब २ महिना गुम्बामा रहेका रिन्पोछे अमेरिका जाँदैछन् भने करिब ६ महिना गुम्बामा रहेका खेन्पो काठमाण्डौंस्थित सेचेन गुम्बामा फर्किन लागेका हुन् ।
बीसीसी यूकेका भक्तजनहरुको बाक्लो उपस्थिति रहेको बिदाई कार्यक्रममा रिन्पोछे लुङ्गरिग र खेन्पो फुर्तेम्बाले बीसीसी यूकेले गर्दै आएको विभिन्न सामाजिक एवं धार्मिक कार्यहरुको प्रसंशा गर्दै आफूहरुलाई सेवा गर्ने अवसर दिएकोमा धन्यवाद दिए ।
त्यस्तै, बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले गुरुहरुले गुम्बाको अनुरोधलाई स्वीकार गरी गुम्बाको सेवा गरेकोमा धन्यवाद दिएका थिए । सो अवसरमा बीसीसी अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले गुरुहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
उक्त बिदाई कार्यक्रममा बीसीसी यूकेका लामा गुरु खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, सचिव रिन्जी शेर्पा, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा