लन्डन । केन्टरवरी नेपाली समाज महिला दिदीबहिनीले भूकम्प पीडितका लागि आर्थिक रकम तथा लत्ता कपडा संकलन गरेका छन् । उनीहरुले पीडितलाई नेपाल पठाउन ३० बक्स भन्दा बढि लत्ता कपडा यहांस्थित रेडक्रस शाखालाई हस्तान्तरण गरे । यस अलवा केन्टरवरी नेपाली समाजले करिब २ हजार ४८० पाउण्ड संकलन गरेको छ ।
राहत संकलनका लागि केन्टरवरी नेपाली समाज महिला दिदीबहिनी अध्यक्ष ममता सुनवार तथा उर्मिला बुढा मगरको सकृयतामा समाजका अन्य महिला सदस्यहरूले योगदान दिएका थिए ।
राहत व्यवस्थापन कार्यमा समाजका सदस्यहरू हरि बुढामगर, गोपाल सुनुवार, दिल थापा र ज्ञान पुनबाट समेत सहयोग भएको थियो ।
केन्टरवरी नेपाली समाजले संकलन गरेको २४८० पाउण्डमध्ये ८ सय ५७ पाउन्ड वियोडस्टार नेपाली रेस्टुरेन्टका प्रोप्राइटर दीपक मेहता र सदस्य रामप्रसाद श्रेष्ठबाट भएको थियो भने संयोजन कोषाध्यक्ष भीम आले मगरले गरेका थिए । यसका साथै पुस्तक, सिडी र लत्ताकपडाहरू संकलन गर्ने कार्य अझै जारी छ ।
समाजका अध्यक्ष कृष्ण तामाङ्ग, पूर्व अध्यक्ष तथा सल्लाहकार घनबहादुर थापा मगर, उपाध्यक्ष राजेन्द्र राई र सचिव हेम कुमार राई लगायतका कार्यकारिणीहरू राहत सहयोग संकलन कार्यमा लागि परेका छन् । 
यसैगरि समाजका सल्लाहकार जित घर्ती मगरले पनि नेपालमा करिव ६३ पाल र १२० बोरा चामल किनेर सिन्धुपाल्चोकतर्फ वितरणका लागि पठाउने प्रवन्ध गरेका छन् ।
साथै समाजको हालै सम्पन्न बैठकले नेपालमा महाभूकम्पमा परी दिवंगत भएका समस्त आत्माको चीरशान्तिका लागि एक मिनेट मौनधारण गरी शोक प्रकट गरेको छ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल