
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूके महिला बालबालिका तथा जेष्ठ नागरिक विभागले बेलायतमा तीज विशेष कार्यक्रम मनाएको छ ।
गत आइतबार बेलायतको दक्षिण पूर्वी उलवीचमा नेपाली महिलाहरुको विशेष चाड तीज भव्य रुपमा मनाइएको हो ।
विभाग प्रमुख सुदेशा बजगाईको अध्यक्षतामा आयोजित तीज कार्यक्रममा संयुक्त अधिराज्यस्थित नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालको प्रमुख उपस्थिति रहेको थियो । परिवारसहित कार्यक्रममा प्रमुख अतिथिका उपस्थित भएकी खनालले विदेशमा पनि नेपाली संस्कृति र परम्परा जोगाउने कार्यको प्रसंसा गरिन् । उनले नेपाली नारीहरु जहाँ रहेपनि आफ्नो संस्कृतिको जगेर्ना गरिरहेकाले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।
तीज कार्यक्रमका विशेष अतिथिका रुपमा उपस्थिति ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले महिलाहरुका विशेष उपस्थितिमा भएका तीज पर्वलाई एकातिर संस्कृतिको संरक्षण र अर्कातिर महिलाहरु विच परस्परिक सहयोग आदान प्रदान गरिरहेको भन्दै खुशी व्यक्त गरे ।
अर्का विशेष अतिथि जीत रानाभाटले तीजको विशेष महत्व रहेको बताए ।
तीज कार्यक्रममा एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद् कोषाध्यक्ष राममाया विष्ट थापाले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी थिइन् । अध्यक्ष बजगाईले तीजमा सहभागीता जनाउने सबैलाई धन्यवाद दिइन् ।
विशेषगरी नेपाली महिलाहरुको सहभागीता रहेको तीज विशेष कार्यक्रममा कोरियन, फिलिपिनीलगायतका महिलाहरुले पनि नाचगाँन गरि रमाइलो मनाएका थिए । कार्यक्रममा तीन जनालाई राफल टिकटमार्फत पुरस्कार दिइएको थियो भने कविता समेत बाचन गरिएको थियो
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा