
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूके महिला बालबालिका तथा जेष्ठ नागरिक विभागले बेलायतमा तीज विशेष कार्यक्रम मनाएको छ ।
गत आइतबार बेलायतको दक्षिण पूर्वी उलवीचमा नेपाली महिलाहरुको विशेष चाड तीज भव्य रुपमा मनाइएको हो ।
विभाग प्रमुख सुदेशा बजगाईको अध्यक्षतामा आयोजित तीज कार्यक्रममा संयुक्त अधिराज्यस्थित नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालको प्रमुख उपस्थिति रहेको थियो । परिवारसहित कार्यक्रममा प्रमुख अतिथिका उपस्थित भएकी खनालले विदेशमा पनि नेपाली संस्कृति र परम्परा जोगाउने कार्यको प्रसंसा गरिन् । उनले नेपाली नारीहरु जहाँ रहेपनि आफ्नो संस्कृतिको जगेर्ना गरिरहेकाले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरिन् ।
तीज कार्यक्रमका विशेष अतिथिका रुपमा उपस्थिति ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले महिलाहरुका विशेष उपस्थितिमा भएका तीज पर्वलाई एकातिर संस्कृतिको संरक्षण र अर्कातिर महिलाहरु विच परस्परिक सहयोग आदान प्रदान गरिरहेको भन्दै खुशी व्यक्त गरे ।
अर्का विशेष अतिथि जीत रानाभाटले तीजको विशेष महत्व रहेको बताए ।
तीज कार्यक्रममा एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद् कोषाध्यक्ष राममाया विष्ट थापाले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी थिइन् । अध्यक्ष बजगाईले तीजमा सहभागीता जनाउने सबैलाई धन्यवाद दिइन् ।
विशेषगरी नेपाली महिलाहरुको सहभागीता रहेको तीज विशेष कार्यक्रममा कोरियन, फिलिपिनीलगायतका महिलाहरुले पनि नाचगाँन गरि रमाइलो मनाएका थिए । कार्यक्रममा तीन जनालाई राफल टिकटमार्फत पुरस्कार दिइएको थियो भने कविता समेत बाचन गरिएको थियो
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायतवासी कवि दाहालको नयाँ कृति ‘एक अस्तित्व आलाप’ सार्वजनिक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
यौन सम्बन्ध राख्दा ‘जन्मसिद्ध अधिकारजस्तो व्यवहार’ गरेको बेलायतका राजकुमार एन्ड्र्युमाथि आरोप
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतसहित ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन