
लण्डन । हरेक वर्ष आयोजना गरिने रस्मूर वेलेस्ले टेन के र टु के दौड अक्टोबर १ तारिखमा हुँदैछ ।
आइतबार बिहान १०:३० शुरु हुने सो दौड ग्रेटर रसमुर नेपाली कम्युनिटीले (जीआरएनसी) ले ब्लाकवाटर भ्याली रनर्स सँगको सहकार्य गरी आयोजना गरेको छ ।
दौडको तयारीका लागि जीआरएनसीको तयारी बैठक शनिबार (९ सेप्टेम्बर २०२३) गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा मन गुरुङको अध्यक्षतामा सम्पन्न भयो।
दौडमा जीआरएनसीले मार्शलको जिम्मेवारी लिएको छ भने संकेत चिन्ह राख्ने बेलामा कम्युनिटीले सहयोग गर्ने छ।
उक्त कार्यक्रमको लागि उपाध्यक्ष उत्तर गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव सुशीला थापा, साँस्कृतिक सचिव दिनेश गुरुङ र प्रवक्ता किशोर चन्द रहेको उपसमिति बनाएको छ।
कम्युनिटीले गत वर्षबाट नेपाली र अंग्रेजी दुवै भाषाको ज्ञान भएका मार्शलहरु मात्र राख्दै आएको छ र मार्शलहरुलाई खानपिनको विसेष ब्यवस्था पनि गरिने छ ।
उक्त दौडमा प्रथम हुने नेपालीलाई पुरस्कार र एभरेस्ट रनमा भाग लिनको लागि पनि सहयोग गरिने छ।
यसपालीको दौडमा ५०० जनालाई मात्र समावेस गरिने भएको छ ।
बैठक सचिव सुशीला थापा मगरले संचालन गर्नुभएको थियो भने कोषाध्यक्ष श्याम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
उपस्थित सबैलाई अध्यक्ष मन गुरुङले धन्यवाद दिनुभएको थियो।
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई