
वार्ताको फाइल फोटो
लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको मागहरूका बारेमा नेपाल तथा बेलायत सरकारबीच भइरहेको सरकारस्तरीय वार्ताअन्तर्गत प्राविधिक समितिको वार्ता सेप्टेम्बर ११ मा हुने भएको छ ।
वार्तामा गोरखाहरूको प्रतिनिधित्व गर्नुहुने मेजर रिटायर्ड जुदबहादुर गुरुङका अनुसार सो वार्ता लण्डनस्थित बेलायती रक्षा मन्त्रालयमा हुनेछ । सो वार्तामा नेपालका तर्फबाट उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी जर्नेल रत्नबहादुर गोदार थापा सहभागी हुनुहुनेछ भने गोरखा भूतपूर्व सैनिकहरूका तर्फबाट मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ सरिक हुनुहुनेछ । वार्तामा सहभागी हुनुहुने एक गोरखा प्रतिनिधिको टुङ्गो विहीबार लगाइनेछ । उता बेलायत सरकारको तर्फबाट पनि विभिन्न मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् ।
गुरुङका अनुसार सो बैठकमा गोरखाहरूको पेन्सन तथा वेल्फेयरका विषयमा छलफल गरिने छ ।
प्राविधिक समितिको वार्तापूर्व नेपाली राजदुताबास लण्डनमा गोरखा सैनिकजन्य दश वटा संस्थाहरूको मोर्चा जी-१० को बैठक बस्ने अभ्यास छ । जसअनुसार यही विहीबार जी-१० र राजदुतसहित राजदुताबासका अधिकारीहरुको बैठक बोलाइएको छ ।
बिहान साढे ११ बजेदेखि साढे १२ सम्म सो बैठक बस्ने बताइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा