काठमाडौँ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषत अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । आफू निर्देशित पहिलो चलचित्रको ‘रेड कार्पेट’ प्रदर्शनी (प्रिमियर) बेलायतमा गर्नुभएका निर्देशक मिलन चाम्सले आउँदो समय राम्रो रहेको बताउनुभयो ।
गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको चलचित्र ‘गोर्खा वारियर’ को हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा हुँदैछ । विशेषत उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी हुन्छन् । यद्यपि गोर्खालीको विषयले गर्दा विशेष प्रदर्शनी सम्भव भएको बेलायतबाट निर्देशक चाम्सले जानकारी दिनुभयो ।
”हामीले यो इतिहास बनाउँदैछौँ, विश्वका ठूला कम्पनीले निर्माण गरेको चलचित्र प्रिमियर हुने स्थानमा हाम्रो हुनुमा पैसाभन्दा पनि गोर्खालीले बनाउनुभएको वीरताको इतिहास हो”, निर्देशक चाम्सले भन्नुभयो, ”अहिले गोर्खा वारियरको चर्चा देखिए पनि यसले कालान्तरमा नेपाली चलचित्रलाई प्रवर्धनमा टेवा पुर्याउँछ, किनकि नेपाली चलचित्रको स्तरीयता विश्वकै प्रख्यात चलचित्र भवनमा देखाउँदैछौँ ।” उहाँले खर्चिलो र कानुनी प्रक्रियामा जटिलता भएकाले त्यहाँ प्रिमियर गर्न सहज नहुने बताउनुभयो । यद्यपि गोखालीको चलचित्र भनेपछि सबै स्तरबाट सहयोग पाएकाले देखाउन लागिएको निर्देशक चाम्सले जानकारी दिनुभयो । प्रिमियरमा सहभागी हुन नेपालबाट समेत चलचित्रकर्मी बेलायत पुग्नेछन् ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले समेत ‘गोर्खा वारियर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएपछि लन्डनमा चर्चा र चासो बढेको निर्देशक चाम्सले जानकारी दिनुभयो । ”अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्खालीका विषयमा चलचित्र बनेको थाहा पाएपछि गरिरहेको सहयोगको शब्दमा बयान गर्न सक्दिनँ, हामीले सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावासका प्रतिनिधि लगायतलाई निम्तो दिइरहेका छौं”, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो कथालाई भन्न र विश्वलाई जानकारी गराउन अब निर्माता तथा निर्देशक तयार हुनुपर्ने बताउनुभयो । युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक चाम्स र गिरिराज घिमिरेले लेख्नुभएको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन, सुदीप बरालले छायाङ्कन र हिमाल केसीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]