
काठमाडौं । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् ।
६ महिनाभित्र गाहामगरले प्रधानमन्त्रीलाई दोश्रो पटक भेटेर पुनः वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालको व्यस्तताबीच करिब २५ मिनेट लामो भेटमा अध्यक्ष गाहामगरले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० लाई पूर्णतः संशोधन गर्न माग गरे ।
दफा १० को उपदफा (१) अन्तर्गत नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ ।
भेटमा आफ्ना माग पूरा गर्न सरकार गम्भीर नभए सशक्त आन्दोलन नै गर्न पछि नपर्ने चेतावनी समेत दिएको गाहामगरले बताए ।
‘नेपाल बाहिर झण्डै ८० लाख नेपाली रहेको बताइएपनि खास गैर आवासीय नेपाली (एनआरएन) करिब २० लाख रहेको पछिल्लो तथ्यांक छ । हामीलाई नेपालसंगको सम्बन्ध टुट्न नदिन सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गरिदिनु पर्छ’, गाहामगरले भेटमा भएको कुरा उधृत गर्दै भने ।
गाहामगरले भेटवार्तामा भूतपूर्व गोर्खा वार्तामा भइरहेको ढिलाइ र बेलायतका नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नेपाली समुदायको साझा अभिभावक हुन नसकेको भन्दै गुनासो पनि गरेका थिए ।
उनले प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र समेत बुझाएका छन् ।
ज्ञापनमा गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
एनआरएनए यूके अध्यक्ष गाहामगरले यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लगायत नेतालाई भेटेर उही खालको ज्ञापन पत्र बुझाएका थिए ।
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा