
काठमाडौं । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् ।
६ महिनाभित्र गाहामगरले प्रधानमन्त्रीलाई दोश्रो पटक भेटेर पुनः वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री दाहालको व्यस्तताबीच करिब २५ मिनेट लामो भेटमा अध्यक्ष गाहामगरले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ को दफा १० लाई पूर्णतः संशोधन गर्न माग गरे ।
दफा १० को उपदफा (१) अन्तर्गत नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ ।
भेटमा आफ्ना माग पूरा गर्न सरकार गम्भीर नभए सशक्त आन्दोलन नै गर्न पछि नपर्ने चेतावनी समेत दिएको गाहामगरले बताए ।
‘नेपाल बाहिर झण्डै ८० लाख नेपाली रहेको बताइएपनि खास गैर आवासीय नेपाली (एनआरएन) करिब २० लाख रहेको पछिल्लो तथ्यांक छ । हामीलाई नेपालसंगको सम्बन्ध टुट्न नदिन सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गरिदिनु पर्छ’, गाहामगरले भेटमा भएको कुरा उधृत गर्दै भने ।
गाहामगरले भेटवार्तामा भूतपूर्व गोर्खा वार्तामा भइरहेको ढिलाइ र बेलायतका नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नेपाली समुदायको साझा अभिभावक हुन नसकेको भन्दै गुनासो पनि गरेका थिए ।
उनले प्रधानमन्त्रीलाई एक ज्ञापनपत्र समेत बुझाएका छन् ।
ज्ञापनमा गोर्खा सैनिक तथा उनीहरुको परिवार र विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको अधिकार रक्षाका लागि नेपाल नागरिकता ऐन, २०६३ को दफा १० संशोधन गरि सन् १९४७ को त्रिपक्षीय सन्धिलाई सम्मान गर्न र गोर्खा सैनिक तथा वंशजका नेपाली नागरिकहरुको नागरिकता निरन्तरता हुने गरि कानून संशोधन गर्न एनआरएनए यूकेले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
एनआरएनए यूके अध्यक्ष गाहामगरले यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लगायत नेतालाई भेटेर उही खालको ज्ञापन पत्र बुझाएका थिए ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु