
लण्डन । बेलायतबाट प्रसारण हुने टेलिभिजन च्यानल फोको वेकिङ रियालिटी शो ‘बेक अफ : द प्रोफेसनल्स’ को सेमीफाइनलमा नेपाली मूलका धर्मराज श्रेष्ठ पुगेका छन् ।
४ जुलाईदेखि हरेक मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको साप्ताहिक टेलिभिजन कार्यक्रममा श्रेष्ठ सेन्ट जेम्सेज कोर्ट अ ताज होटलबाट सहभागी भएका छन् । हरेक समूहमा दुई जना रहने सो कार्यक्रमको संरचनअनुसार श्रेष्ठको टीममा मायाङ्क राजपुत छन् ।
कुल ११ जोडी प्रतिस्पर्धीबाट शुरु भएको सो कार्यक्रम अगष्ट २२ सम्म आइपुग्दा श्रेष्ठको टीमसहित चार टीम मात्र बाँकी रहेका छन्। यही चार टीमबाट फाइनलिष्ट र विजेता छानिनेछन् ।
करिब ३० वर्षदेखि पेष्ट्रिज सेफ रहेका श्रेष्ठले यसअघि लण्डनका प्रख्यात होटलहरू द डोरचेष्टर, द लङ्घम र द बर्कलेमा काम गरिसकेका छन् । उनले क्वार्टर फाइनलमा चकलेटको कछुवा बनाउन खोजेका थिए तर चकलेटको डण्डी कर्याककुरुक्क भाँचिएको थियो । तथापि उनलाई निर्णायकहरू वेन्वाँ ब्लिन र चेरिस फिन्डनले सेमीफाइनलमा छानेका थिए ।
प्रोफेसनल पेष्ट्री सेफहरूबीच हुने यस प्रतियोगिता निकै लोकप्रिय मानिन्छ । पहिले बीबीसीबाट यो प्रतियोगिता प्रसारण हुने गर्थ्यो । अहिले प्रतियोगिताको आठौँ श्रृङ्खला चलिरहेको छ ।
यसअघि सेलिब्रिटी मास्टरसेफमा नेपालकै सन्तोष साह विजेता भएका थिए । त्यसअघि मास्टरसेफ प्रोफेसनल्समा साह सहभागी हुँदा नेपालीमाझ राम्रै चर्चा भएको थियो । तर यसपटक श्रेष्ठ सेमीफाइनलमा पुग्दा पनि किन हो धेरै हल्ला भएको पाइँदैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा