
लण्डन । नेपाली चलचित्र ‘गोर्खा वारियर’ को यही सेप्टेम्बर १० मा हुने प्रिमियरमा बेलायती प्रधानमन्त्री ऋषि सुनक नआउने भएका छन् ।
उनले १७ अगष्टमा सांसद दामियन कलिन्सलाई एक पत्र लेख्दै कार्यव्यस्तताका कारण प्रिमियरमा उपस्थित हुन असमर्थ हुने जानकारी दिएका हुन् ।
मिलन चाम्स निर्देशक र बेलायतका नेपाली व्यवसायीहरू निर्माता रहेको सो चलचित्रको प्रिमियरमा आतिथ्यताका लागि प्रधानमन्त्री सुनकलाई निमन्त्रणा पठाइको थियो ।
प्रिमियरमा आउन असमर्थ रहे पनि उनले गोरखाहरूको वीरता, समर्पण र बलिदान समेटिएको सो चलचित्रको सफलताका लागि शुभकामना दिएका छन् ।
सो चलचित्रको प्रिमियर लण्डनको लेस्टर स्क्वायरमा हुँदैछ ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान