लन्डन । नेपालमा गएको विनाशकारी भूकम्पले देश विदेश बस्ने नेपालीको मन जति छिया छिया भएको छ, त्यति नै विक्षिप्त छन् नेपाललाई माया गर्ने बेलायती पनि । बेलायत सरकारको सहयोग बाहेक यहांका नागरिकले समेत भूकम्प पीडितलाई सघाउन कोष अभिवृद्धिदेखि दिवंगतहरुको सम्झनामा प्रार्थना गरिरहेका छन् ।
त्यस्तै कार्यक्रम शुक्रबार लिभरपुलमा भएको छ, जहां स्थानीय विभिन्न विश्वविद्यालय र त्यहां अध्ययनरत बेलायती विद्यार्थी एवं नेपाली समुदाय सक्रिय रुपमा एकजुट भए । कार्यक्रम हेर्नेले लिभरपुलवासी बेलायतीको नेपालप्रतिको चिन्ता र माया स्पष्टै चाल पाउंथ्यो । जोनमुर युनिभर्सिटीको जोन लेनन आर्ट एण्ड डिजाइन बिल्डिङ लिभरपुलमा ‘लिभरपुर युनाइट फर नेपाल’ कार्यक्रम गरियो सांझ ५ बजे ।
जोनमुर युनिभर्सिटी, लिभरपुल युनिभर्सिटी, लिभरपुल होप युनिभर्सिटी, लिभरपुल नेपाली कम्युनिटी र स्थानीय हस्पिटलमा कार्यरत नेपाली चिकित्सकहरु मिलेर गठित एउटा कमिटीले आयोजना गरेको ‘लिभरपुल युनाइट फर नेपाल’ सांझ भव्य बन्यो ।
कार्यक्रमको संयोजन गरेकी थिइन् जोनमुर युनिभर्सिटीकी डा. सारा पार्करले । धेरैले नेपाली चेली मान्ने डा. सारा कार्यक्रम सञ्चालनभर पटक पटक रोइन् । कार्यक्रमको औपचारिक शुरुवात साराकै रोदन मिश्रित मन्तव्यबाट भएको थियो ।
जोनमुर युनिभर्सिटीका प्राध्यापक डा. पदम सिम्खडा, लिभरपुल युनिभर्सिटीका डा. हेमराज शर्मा, लिभरपुल नेपाली कम्युनिटीका अध्यक्ष कुमार घर्ती, एन्ट्री हस्पिटलका सिनियर कन्सल्टेन्ट डा. शम्भु आचार्य, लिभरपुल युनिभर्सिटीकी विद्यार्थी हाना, इन्जिनियर प्रवीण घिमिरे, जोनमुरका के स्ट्याण्डिङ, वाल्टन सेन्टर एनएचएस ट्रष्टबाट विनु सुवेदीको सामूहिक पहलमा आयोजित कार्यक्रम पन्चकन्या राखेर दीप प्रज्वलन गरि उद्घाटन भयो, त्यहां दिवंगतहरुको सम्झनामा प्रार्थना गरियो । नेपालीले राष्ट्रिय गान समेत गाए ।
कार्यक्रम स्थलमा लाइट अफ नेपाल अंकित नेपालको नक्सा बनाइएको थियो । बेलायती बढि सहभागी उक्त कार्यक्रममा उपस्थित सबैले प्रार्थना गरेर नक्साभित्र डोनेशन दिएका थिए । उक्त अवसरमा पाहार ट्रष्टले कार्यक्रम संयोजक डा. सारालाई आर्थिक सहयोग स्वरुप चेक समेत हस्तान्तरण गरेको छ ।
प्रार्थनासहित कार्यक्रमको उद्देश्य कोष अभिवृद्धिसंगै बेलायतीलाई नेपालको परिस्थिति र भविष्यमा भूकम्प प्रभावित क्षेत्रमा शिक्षामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गर्नु रहेको आयोजकले जनाएका छन् ।
राती करिब सांढे दशबजेसम्म चलेको कार्यक्रममा पाहार ट्रष्टले नेपाल सम्वन्धि फोटो प्रदर्शन गरेको थियो भने फेयर कनेक्सनले नेपाली हस्तकला सामाग्रीको प्रदर्शन । विनु सुवेदीको संयोजकत्वमा राखिएको मःम र नेपाली खानाको स्टलबाट समेत च्यारिटी गरिएको सहभागी हिमाल कार्कीले जनाए ।
यसैबीच, लिभरपुलवासी नेपालीले भूकम्प पीडितका लागि आर्थिक संकलन जारी राखेका छन् । लिभरपुल नेपलिज कम्युनिटीको नेतृत्वमा ४५ जना स्वयंसेवकहरुले यही विकेन्डमा कोष अभिवृद्धिका लागि १५ वटा आइसल्याण्ड स्टोरमा गएर चन्दा उठाउने योजना छ । संकलित रकम हेल्प नेपाल नेटवर्कमार्फत नेपालमा पठाइने जनाइएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च