
लण्डन । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ ।
अस्ट्रेलियामा आइतबार भएको फाइनल खेलमा स्पेनले इङ्गल्यान्डलाई १–० गोलले हरायो ।
स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो ।
स्पेनको जितमा कप्तान ओल्गा कारमोनाले गोल गरेकी थिइन् । उनले २९औँ मिनेटमा गरेको एक मात्र गोल स्पेनलाई उपाधि जिताउन पर्याप्त बन्यो । दोस्रो हाफमा स्पेनले पेनाल्टी पाए पनि इङ्गल्यान्डकी गोलकिपर मारी अर्प्सले सजिलै बचाएकी थिइन् ।
उपाधिसँगै स्पेनले ४,२९०,००० अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेता इङ्गल्यान्डले ३,०१५,००० अमेरिकी डलर प्राप्त गरेको छ ।
विश्व फुटबल महासङ्घ (फिफा)ले पहिलो पटक महिला विश्वकपको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको हो ।
कूल ११० मिलियन अमेरिकी डलर पुरस्कार राशीमा तेस्रो भएको स्विडेनले २,६१०,००० डलर र चौथो भएको आयोजक अष्ट्रेलियाले २,४५५,००० अमेरिकी डलर पुरस्कार पाएको छ ।
यस्तै, फिफाले क्वार्टरफाइनलमा पुग्ने टोलीलाई २,१८०,००० डलर र राउन्ड अफ १६ मा पुग्ने टोलीलाई १,८७०,००० डलर प्रदान गरेको छ । समूह चरणका प्रत्येक टोलीलाई १, ५६०,००० डलर प्रदान गरिएको छ ।
फिफाले यसअघि नै विश्वकप खेल्ने हरेक खेलाडीलाई कम्तीमा ३० हजार अमेरिकी डलर र विजेता टोलीका खेलाडीलाई दुई लाख ७० हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई