
नयाँदिल्ली । भारतीय काङ्ग्रेस नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’को टिप्पणीलाई लिएर आपराधिक मानहानीको मुद्दामा गुजरात उच्च अदालतले दोषी ठहर्याए पनि भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको छ । यद्यपि, उक्त अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा सावधानी अपनाउनु पर्नेमा भने जोड दिएको छ ।
गुजरात उच्च अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो जसले उनलाई जनप्रतिनिधित्व ऐनको कठोरताअन्तर्गत सांसदको रूपमा अयोग्य घोषित गरेको थियो । सवोच्चको फैसलासँगै गान्धीको सांसद पद पनि पुनः बहाली हुने सम्भावना देखिएको छ ।
केरलाको वायनाडबाट राहुल गान्धीलाई लोकसभा सचिवालयको सूचनापछि मार्च २४ मा सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो ।
काङ्ग्रेस नेता राहुल गान्धीले गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर गर्न अस्वीकार गरेको आदेशविरुद्ध दायर गरेको अपिलमाथि सर्वोच्च अदालतले सुनुवाई गरिरहेको थियो ।
न्यायाधीश बीआर गवईको अध्यक्षतामा रहेको बेन्चले गरेको फैसलामा ‘ट्रायल कोर्ट’का न्यायाधीशले अधिकतम सजाय सुनाउनुको कुनै कारण नदिएको र अन्तिम फैसला नभएसम्म दोषी ठहर गर्ने आदेशमा रोक लगाउनुपर्ने बताएको छ ।
फैसलामा सर्वोच्च अदालतले भनेको छ,“यो मुद्दा हेरेका न्यायाधीशले पर्याप्त कारण र आधारबिना दुई वर्षको अधिकतम सजाय दिएको देखिन्छ ।’’
सर्वोच्च अदालतले गान्धीलाई राहत प्रदान गर्दै ट्रायल कोर्टको आदेशको असर व्यापक रहेको बताएको छ । सर्वोच्चको फैसलामा भनिएको छ, “गान्धीको सार्वजनिक जीवनमा रहिरहन पाउने अधिकार मात्र होइन, उहाँलाई निर्वाचित गर्ने मतदाताको अधिकारमा पनि असर परेको छ ।”
बेन्चले गान्धीका अभिव्यक्तिहरू ‘राम्रो शैलीको नभएको’र ‘सार्वजनिक जीवन रहेका व्यक्तिहरूले सार्वजनिक भाषण गर्दा सावधानी अपनाउने अपेक्षा गरिएको’ कुरामा कुनै शङ्का नरहेको पनि बताएको छ ।
सर्वोच्च अदालतको फैसलापछि काङ्ग्रेस पार्टीको ट्विटर पेजमा राहुल गान्धीको तस्बिरको साथमा लेखिएको छ, “सत्यको सँधै जीत हुन्छ ।”
पार्टी नेता जयराम रमेशले पनि सर्वोच्च अदलतको फैसला सत्य र न्यायलाई पुष्टि गरेको ट्वीटर सन्देशमा बताउनुभएको छ । उहाँले भन्नुभयो, “गान्धीविरूद्ध सत्ताधारी दलको सबै संयन्त्र लागेपनि उहाँले हार मान्न, झुक्न वा दब्न इन्कार गर्दै न्याय प्रक्रियाप्रति आफ्नो विश्वास जनाइरहनुभयो र उहाँको विजय भएको छ ।”
गौतम बुद्धको एक भनाइ उद्धरण गर्दै प्रियंका गान्धीले ट्विटरमा लख्नुभएको छ, “सूर्य, चन्द्रमा र सत्य तीन चीजलाई कहिल्यै छिपाउन सकिन्न ” सर्वोच्च न्यायालयलाई न्यायपूर्ण फैसला दिएकोमा धन्यवाद । सत्यमेव जयते ।”
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप