लन्डन । नेपलिज गोर्खा कुजिन फालमथले नेपालमा भूकम्प पीडितको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ ।
१० मे आइतबार नेपाल निड्स यू नाम दिइएको उक्त च्यारिटी बफेट डिनरबाट ४ हजार एकसय तीन पाउण्ड संकलन भएको रेष्टुरेन्ट सञ्चालक इश्वर श्रेष्ठले जनाए । आर्थिक संकलन अभियान जारी रहेको पनि श्रेष्ठले जनाएका छन् ।
संकलित रकम अति प्रभावित सिन्धुपाल्चोक जिल्लामा आश्रय निर्माणका लागि खर्च गरिने च्यारिटी डिनर संयोजक अजय श्रेष्ठले जनाए । विदेशीको उल्लेख्य सहभागिता रहेको उक्त च्यारिटी डिनरमा एकसय ९६ जना सहभागी थिए ।
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई