लण्डन । नेपालमा अप्रि २५ मा आएको महाभूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बेलायतको रेडिङ शहरमा एक श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।
रेडिङ बरो काउन्सिलका काउन्सिलर तथा मेयर टोनी जोन्सको आयोजना तथा स्थानीय नेपाली समुदायको संयोजनमा आयोजित सो कार्यक्रममा काउन्सिलरहरु, नेपाली संघ संस्थाका प्रतिनिधिहरु, एसियन कम्युनिटीका सदस्यहरु र सर्वसाधारणहरुको उपस्थिति थियो ।
दिवंगतहरुको सम्झनामा मैनबत्ती प्रज्वलन गरी गरिएको सो कार्यक्रममा काउन्सिलर मेयर जोन्सले आफू नेपाली समुदायसित ज्यादै नजिक रहेर काम गरिरहेको र नेपालमा आइपरेको विपत्तिका कारण आफूलाई ज्यादै दुःख लागेको बताए ।
नेपाललाई सहयोगका लागि बेलायत सरकारले देखाएको तत्परताका लागि धन्यवाद दिँदै उनले रेडिङ बरो सहयोगका लागि तयार रहेको र आफूले पहल गर्ने वचन दिए ।
काउन्सिलर लिज टेरी, एड कुपर र रब हृवाइटले पनि समवेदना व्यक्त गरेका थिए । सो अवसरमा कुपरले आफ्नी छोरीको जन्मदिनमा प्राप्त हुने उपहारहरु नेपालका भूकम्प पीडितलाई सहयोग दिने बताए ।
काउन्सिलर मेयर जोन्सले भूकम्प पीडितको सहयोगका लागि रेडिङ मेयर कोषको स्थापना गरेका छन् । जसमा रेडिङ युवा समूहले संजय दाहालको नेतृत्वमा सहयोग संकलन गर्दै आएको छ । सो युवा समूहका रविन्द्र श्रेष्ठ, शीला भट्टराई निरौला, रामेश्वर थापा, सुरेन्द्र उप्रेती लगायतले ५ हजार ४३६ पाउण्ड १६ पेन्स सहयोग संकलन गरी नेपाली समुदायलाई बुझाएका छन् ।
डा. कृष्ण रेग्मीको विशेष पहल, यादव श्रेष्ठको व्यवस्थापन संयोजनमा भएको सो कार्यक्रमको सञ्चालन डा. नविन आचार्यले गरेका थिए ।
नेपालीहरुको पीडामा कार्यक्रम आयोजना गरेकोमा स्थानीय नेपालीहरुले मेयरलाई धन्यवाद दिएका छन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल