
लण्डन । महाभूकम्पको विपत्तिबाट गुज्रिरहेको नेपालको दुःखमा साथ दिन देशभित्र र बाहिरबाट सहयोगी हातहरु अघि बढिरहेका छन् । संसारका विभिन्न कुनामा रहेका हजारौँ नेपालीहरु आफ्नो गाँस काटेर भएपनि मातृभूमिको पीडामा सघाउँदै छन् । यस्तो महासंकटको बेला पनि रमिते मात्र भएर बस्ने नेपालीहरुको पनि कमी छैन ।
स्वभावैले बेलायत सहयोगका लागि मनकारी मुलुक । संसारभर आइपरेका जस्तासुकै विपत्तिमा यहाँका मानिसहरुले सहयोग नगरेको शायदै भेटिएला । यसपटक नेपालमा गएको भूकम्पमा बेलायत सरकार र जनताका तर्फबाट अभूतपूर्व सहयोग भयो । र त्यो क्रम अझै जारी छ । नेपालीलाई आइपरेको यस महासंकटमा साथ दिन बेलायतका एक बंगलादेशी व्यवसायी पनि तम्सिएका छन् ।
लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका मिस्टर मोहम्मद यतिबेला नेपालीलाई परेको दुःखलाई आफ्नै दुःख सम्झेर मद्दत गर्न कम्मर कसेर लागेका छन् । त्यसका लागि उनले आगामी मंगलबार एक च्यारिटी कार्यक्रमको आयोजना गरेका छन् ।
ग्लुस्टरसायरस्थित चेल्थेनहाममा रहेको आफ्नै रेस्टुरेन्ट स्पाईस लजमा गरिने सो च्यारिटीबाट उठेको सबै रकम नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने उनले घोषणा गरेका छन् । च्यारिटी आयोजनाका लागि उनले चेल्थेनहामस्थित नेपाली समुदायलाई सहआयोजक बनाएका छन् ।
सो कार्यक्रमबाट संकलन हुने सहयोग बेलायतस्थित नेपाली दूतावासमार्फत नेपालका भूकम्पबाट प्रभावित मानिसहरुलाई पठाउने उनले बताए ।
‘दुःखमा परेका नेपालीलाई आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्न पाउँदा म एकदमै खुसी छु’, मोहम्मदले भने ।
स्थानीय नेपालीहरुसित राम्रो चिनजान भएका मिस्टर मोहम्मद नेपाललाई मात्र होइन प्राकृतिक प्रकोपमा परेका जुनसुकै देशलाई पनि हृदय खोलेर सहयोग गर्न मन पराउँछन् ।
उनले च्यारिटी कार्यक्रमको संयोजनको जिम्मा स्थानीय बुद्धिजीवी डा. लक्ष्मण पौडेललाई दिएका छन् ।
गत २५ अप्रिलमा नेपालमा गएको ७ दशमलव ९ रेच्टरको भूकम्पबाट ८ हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने अझै सयौँ मानिसहरु हराइरहेका छन् । हजारौँ घाइते भएका छन् भने लाखौँ घरबारविहीन अवस्थामा छन् ।
घरबारविहीनहरु खुला ठाउँमा पालमुनी बसिरहेका छन् । धेरै भूकम्प पीडितहरुले अहिलेसम्म पालसम्म पनि पाउन नसकेको गुनासो गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने