लन्डन । रियल म्याड्रिड सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नेपालको महाभूकम्प पीडितका लागि ५ मिलियन पाउण्ड (७ मिलियन यूरो) सहयोग गरेको फ्रान्सेली अखवारहरुले जनाएका छन् ।
फ्रान्सेली स्पोर्टस् म्यागेजिन सो फुटलाई उधृत गर्दै बेलायती अखवार डेली मेलले जनाए अनुसार, ३० वर्षीय चर्चित खेलाडी रोनाल्डोले उक्त रकम च्यारिटेवल संस्था सेभ द चिल्ड्रेनमार्फत दिएका हुन् ।
यसअघि रोनाल्डोले एकसय मिलियन शुभचिन्तकले पछ्याएको आफ्नो फेसबुक पेजमार्फत बालवालिकाको हितमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनलाई चन्दा दिएर नेपालका भूकम्प पीडित बालबालिकाको सहयोग गर्न आग्रह गरेका थिए ।
रोनाल्डोले सन् २००४ मा इण्डोनेसियामा गएको सुनामी पीडितलाई सहयोग गर्न पनि यस्तै अपिल गरेको समाचारमा छ ।
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका