लन्डन । आफ्नो मातृभूमि रोइरहेको खवरले उनीहरुको मन मात्र कसरी थामिन सक्थ्यो र ? सोचे, कर्मथलो बेलायत रहेपनि स्वदेशका लागि गर्ने बेला यही हो । योर्कस्थित इम्फाल ब्यारेक्स्मा रहेको २४६ गोर्खा सिग्नल्स् स्क्वाड्रोनका गोर्खाहरुले सडक र सपिङ सेन्टरमा गएर भूकम्प पीडितका लाति ३२ हजार पाउण्ड (करिब ५० लाख रुपैयां) संकलन गरेका छन् । टुर डि योर्कसायर नाम दिइएको उक्त अभियान अन्तर्गत गोर्खाहरु योर्क डिजाइनर आउटलेट, टेस्को लगायत सपिंग सेन्टर, रेल स्टेशन र सडक सडक डुलेर चन्दा संकलन गरेका हुन् । चन्दा डिजास्टर इमर्जेन्सी कमिटीका लागि संकलन गरिएको हो ।
अप्रेशन अफिसर क्याप्टेन टोम अल्ड्रेडले चन्दादाताहरु सबैप्रति आभार व्यक्त गरेका छन् । ‘म चन्दा दिने सम्पूर्ण योर्कवासीहरुप्रति कृतज्ञ छु’, टोमले स्थानीय दि प्रेसलाई एउटा पत्र लेख्दै भनेका छन्, ‘मानिसहरुको यो स्वतस्फूर्त सहयोग सांच्चिकै प्रशंसनीय छ ।’
टु सिग्नल रेजिमेन्टका धेरै गोर्खाको घर वा परिवार भूकम्पले प्रभावित भएका बताइएको छ ।
डिजास्टर इमर्जेन्सी कमिटीका लागि ब्रिटिश अभिनेत्री जोअना लुम्लेले शुरु गरेको अभियानमा शुक्रबारसम्म ४७ मिलियन पाउण्ड संकलन भएको छ ।
नेपालका भूकम्प पीडितहरुको राहत तथा उद्दारका लागि गोर्खाहरुको प्रत्यक्ष साथ छ । डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलप्मेन्ट (डिएफआइडी) का अनुसार, भूकम्प लगत्तै दर्जनौं गोर्खा इन्जिनियर बोइङ सि १७ जहाजमा अत्यावश्यक राहत सामाग्री ११ सय सेल्टर किट्स, डोरी, १७०० सोलार बत्तिसहित नेपाल उत्रिएका थिए ।
दुर्गम हिमाली क्षेत्रमा हराइरहेका ब्रिटिश ट्रेकर म्याट कारापिटको खोजीमा पनि गोर्खाहरुनै परिचालन गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा