
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले ‘मिसन ग्रासरुट’ कार्यक्रम सम्पन्न गरेको छ ।
सो क्रममा मन्चले प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यतामा साउथ इस्ट लण्डन, नर्थ वेस्ट लण्डन ,साउथ वेस्ट, मिडल्याण्ड र स्कटल्याण्डमा विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा ओएनएफका नेता तथा कार्यकर्ताहरुको स्थानीय स्तरमा सहभागिता रहेको थियो ।
माउ पार्टी नेकपा एमालेले नेपालमा पार्टी र जनतालाई जोड्ने गरी देशभर चलाएको ‘मिसन ग्रासरुट’ कार्यक्रम बेलायतभर पनि संचालन गरिएको थियो । यसबाहेक ओएनएफका ३६ संगठन रहेका ३६ वटै प्रवासमा विशेष कार्यक्रमसहित अभियान चलाइएको छ ।
युकेमा झण्डै एक साता चलेको कार्यक्रमले नेता र कार्यकर्ताबीच अन्तर्क्रियासहित पार्टीका आगामी नीति, प्रवासी नेपालीका मागहरुलाई एक रुपता दिँदै नेतृत्व समक्ष पुर्याउने र समाधान गर्ने गरी एकीकृत ढंगले आफ्नो कार्यकालमा काम गर्न लागेको अध्यक्ष थापाले बताए ।
ओएनएफ युके अध्यक्ष तुंगभद्र भुसालसहित अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष थापाले लगानी, ज्ञान र सीप हस्तान्तरण तथा प्रवासीका अधिकारका सवालमा अल्पकालिन र दीर्घकालिन ढंगले कार्य गर्न योजना बनाएको जानकारी दिए । कमिटीमा बसेर पद ओगट्ने भन्दा पनि आ-आफ्नो कार्यकालमा ठोस योजनासहित कार्य गर्न ओएनएफ युके र क्षेत्रीय कमिटीलाई विशेष अनुरोध थापाले गरे ।
गत शनिवार र आइतबार दुई दिन प्लमस्टिड, अल्डरसट, कोभेन्ट्री, ह्यारो र स्कटल्याण्डमा भएका मिसन ग्रासरुट कार्यक्रममा बेलायतमा ओएनएफ युकेलाई थप बलियो र दरिलो संगठनका रुपमा नेपाली समाज सामु उभ्याएको छ । बेलायतका विभ्रिन्न स्थानमा कार्यक्रम गरिएपछि उत्साहित हुँदै अध्यक्ष थापाले भने, ‘कार्यक्रम होस् त बेलायतको जस्तो ।’
पार्टीले दिएको जिम्मेवारी र बेलायतमा रहेका ओएनएफका नेता-कार्यकर्ताहरुको सहभागीताले पार्टीलाई थप उचाईमा पुर्याउने अपेक्षा थापाले गरे । उनी माक्र्सको समाधिस्थल भ्रमण सकेर मंलबार स्पेन प्रस्थान गरेका छन । उनलाई ओएनएफ युके अध्यक्ष भुसाल तथा अन्तरराष्ट्रिय कमिटिका नेताहरु रामशरण सिंमखडा, र सरस्वती केसीले विमानस्थलमा विदाई गरेका थिए । अध्यक्ष थापा श्रीमति थापासहित बेलायत आएका थिए ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]