लन्डन । बिहीबार सम्पन्न बेलायतको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले फेरि सरकार गठन गर्ने निश्चित भएको छ । वहुमत नजिक पुगेको कन्जरभेटिभका नेता डेभिड क्यामरुनले फेरि ५ वर्ष प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्ने पक्का छ । आफ्नो क्षेत्र विट्नीमा जितेर क्यामरुन आफ्नी जीवनसंगिनी समान्थाका साथ टेन डाउनिङ फर्किसकेका छन् ।
यूके संसदको ६५० सिटका लागि भएको निर्वाचनमध्ये हालसम्म कन्जरभेटिभले ३१६, लेबोरले २२८, स्कटिश नेशनल पार्टीले ५६, लिबरल डेमोक्रेट्सले ८, यूकिपले एक र अन्यले २३ सिट जितेका छन् । यसपटकको निर्वाचनमा स्कटिश नेशनल पार्टी (एसएनपी) ले भारी सफलता प्राप्त गरेको छ भने लेबोरले स्कटल्याण्डमा अप्रत्यासित नतिजा बेहोर्नुपरेको छ । राजनीतिक विश्लेषकहरुले स्कटिश नेशनल पार्टीले जितको सुनामी नै ल्याइदिएको विश्लेषण गरेका छन् ।
बीबीसीको मत सर्वेक्षणमा कन्जरभेटिभले ३२९ सिट प्राप्त गर्ने अनुमान छ । मत सर्वेक्षण अनुसार, कन्जरभेटिभले यसपटक २२ सिट बढि जित्ने देखिएको छ भने लेवोरले २५ सिट गुमाएको छ । त्यसैगरि, स्कटिश नेशनल पार्टीले ५० बढि सिट जित्ने र लिवरल डेमोक्रेट्सले ४९ सिट गुमाउने अनुमान छ ।
यसपटकको निर्वाचनमा लेबोर र लिबरल डेमोक्रेट्सले नराम्रो पराजय भोग्नु परेको छ । लेबोरको सन् १९८७ यताकै निरासाजनक नतिजा आएको विश्लेषण गरिएको छ । लेबोर र लिबरल डेमोक्रेट्सका इस्थर म्याकभे, इड बल्स्, जिम मर्फी, भिन्स केवल, साइमन हयूजेज, डगलस अलेक्सजान्डर, मार्गरेट कुरान, डेनी अलेक्सजान्डर, जुलियन हुपर्ट, डेभिड लज, नोर्मन बेकर, जर्ज ग्यालोवे जस्ता शीर्ष नेताले पराजय भोग्नु परेको छ ।
नतिजापछि डन्काष्टरमा बोल्दै लेबोर नेता इड मिलिब्याण्डले लेबोरका लागि ज्यादै निराशाजनक र कठोर रात रहेको मन्तव्य दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने