लन्डन । बिहीबार सम्पन्न बेलायतको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले फेरि सरकार गठन गर्ने निश्चित भएको छ । वहुमत नजिक पुगेको कन्जरभेटिभका नेता डेभिड क्यामरुनले फेरि ५ वर्ष प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्ने पक्का छ । आफ्नो क्षेत्र विट्नीमा जितेर क्यामरुन आफ्नी जीवनसंगिनी समान्थाका साथ टेन डाउनिङ फर्किसकेका छन् ।
यूके संसदको ६५० सिटका लागि भएको निर्वाचनमध्ये हालसम्म कन्जरभेटिभले ३१६, लेबोरले २२८, स्कटिश नेशनल पार्टीले ५६, लिबरल डेमोक्रेट्सले ८, यूकिपले एक र अन्यले २३ सिट जितेका छन् । यसपटकको निर्वाचनमा स्कटिश नेशनल पार्टी (एसएनपी) ले भारी सफलता प्राप्त गरेको छ भने लेबोरले स्कटल्याण्डमा अप्रत्यासित नतिजा बेहोर्नुपरेको छ । राजनीतिक विश्लेषकहरुले स्कटिश नेशनल पार्टीले जितको सुनामी नै ल्याइदिएको विश्लेषण गरेका छन् ।
बीबीसीको मत सर्वेक्षणमा कन्जरभेटिभले ३२९ सिट प्राप्त गर्ने अनुमान छ । मत सर्वेक्षण अनुसार, कन्जरभेटिभले यसपटक २२ सिट बढि जित्ने देखिएको छ भने लेवोरले २५ सिट गुमाएको छ । त्यसैगरि, स्कटिश नेशनल पार्टीले ५० बढि सिट जित्ने र लिवरल डेमोक्रेट्सले ४९ सिट गुमाउने अनुमान छ ।
यसपटकको निर्वाचनमा लेबोर र लिबरल डेमोक्रेट्सले नराम्रो पराजय भोग्नु परेको छ । लेबोरको सन् १९८७ यताकै निरासाजनक नतिजा आएको विश्लेषण गरिएको छ । लेबोर र लिबरल डेमोक्रेट्सका इस्थर म्याकभे, इड बल्स्, जिम मर्फी, भिन्स केवल, साइमन हयूजेज, डगलस अलेक्सजान्डर, मार्गरेट कुरान, डेनी अलेक्सजान्डर, जुलियन हुपर्ट, डेभिड लज, नोर्मन बेकर, जर्ज ग्यालोवे जस्ता शीर्ष नेताले पराजय भोग्नु परेको छ ।
नतिजापछि डन्काष्टरमा बोल्दै लेबोर नेता इड मिलिब्याण्डले लेबोरका लागि ज्यादै निराशाजनक र कठोर रात रहेको मन्तव्य दिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा