
लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निकायको निर्वाचनको परिणाम आउने क्रममा मेडवे केन्ट काउन्सिलमा नेपाली मूलकी छोरी नीना गुरुङले काउन्सिलरमा विजय हासिल गरेकी छिन् ।
चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार रहेकी नीनाले १ हजार २११ मत पाइन् । सोही वडाबाट लेबर पार्टीकै डामोला अनिमासन र भिन्स म्यापल पनि विजय भएका छन् ।
सम्भवत उनी बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दोस्रो महिला हुन् । यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् ।
उता नेपालीहरुको निकै बाक्लो बसोबास रहेको रेडिङमा काउन्सिलरको उम्मेदवार रहेका रामबहादुर गलामीले भने जीत हासिल गर्न सकेनन् । पार्क वडाबाट उम्मेदवार रहेका उनले १ हजार ८७ मत पाए भने ग्रीन पार्टीका सेराह मेगोन र जोश विलियम्सले सो वडामा विजय हासिल गरे ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री