
लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निकायको निर्वाचनको परिणाम आउनेक्रममा नेपाली मूलका उम्मेदवार रहेका स्थानीय निकायहरुको परिणाम आउन थालेको छ ।
यसक्रममा डाकोरम काउन्सिलमा कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका गोबर्धन (सागर) सिलवाल काउन्सिलरमा पुनः निर्वाचित भएका छन् । ग्रोभहिल वार्डबाट उम्मेदवार रहेका उनले ६०६ मत प्राप्त गरे । उनीसहित कञ्जरभेटिभ पार्टीका जुली आन ब्यांक्स र आलेक्स भिण्डर पनि काउन्सिलरमा सोही वडाबाट निर्वाचित भएका छन् ।
उता वोकिङ काउन्सिलमा कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका मेजर रिटायर्ड चित्रबहादुर राना भने सो काउन्सिलमा आएको लिबरल डेमोक्रयाटिक पार्टीको लहरको बाढीमा बगेका छन् । यसअघि पटकपटक काउन्सिलर रहेका उनी लिबडेमा मार्टिन नेल्सन सुलिभानसित पराजित भएका छन् । सुलिभानले १३३५ मत पाए भने रानाले ५९३ मत पाए । सो काउन्सिलमा लिबडेमले ८० प्रतिशत काउन्सिलर जितेको छ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]