
लण्डन । बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत एक पूर्व गोरखा सैनिकको कार्यस्थलमै ट्रकले हानेर मृत्यु भएको छ ।
एक विमान सेवाका लागि खाना तयार गर्ने क्याटरिङमा कार्यरत ६० वर्षीय गोरखा कुमार लिम्बुको मृत्यु भएको हो । उनलाई अप्रिल ११ का दिन ट्रकले पछाडीबाट हानेको थियो ।
एनको घटनास्थलमै मृत्यु भएको बुझिएको छ । तथापि शुरुमा उनको परिवारलाई प्रहरीले फोन गरी कुमार दुर्घटनामा परेको र उपचारका लागि अस्पताल लगिएको बताएका थिए । त्यस लगत्तै घर पुगेको दुई जना प्रहरीले उनको निधन भइसकेको जानकारी दिएका थिए ।
राईले तत्कालीन क्वीन्स ओन लजिस्टिक (क्यूओजीएलआर) मा १५ वर्ष सेवा गरेका थिए । उनी श्रीमती र छोराछोरीका साथ सन् २००७ देखि बेलायतमा बस्दै आएका थिए ।
एनको परिवारले सो दुर्घटनाका बारेमा कानुनी परामर्श गरिरहेको बताएका छन् भने हाउन्स्लो काउन्सिलले त्यस घटनामा स्वास्थ्य र सुरक्षाको नियम पालना उल्लंघन भए नभएको अनुसन्धान गरिरहेको बताएको छ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]