
लण्डन । किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक शाखाले शनिबार दिवंगत हुनुभएका अन्तिम जीवित गोरखा भिसी रामबहादुर लिम्बूको निधनमा शोक सभाको आयोजना गरेको छ ।
आइतबार आयोजित सो शोकसभा शाखाका कामु अध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम केन्द्रीय समितिबाट उपाध्यक्ष अमृता पालुङ्वा सबेनहिम, सहकोषाध्यक्ष नर प्रसाद सबेनहिम र सल्लाहकार बिजय लिङथेप, भिसी लिम्बूकी ठूली नातिनी प्रेणा लिम्बू, उपाध्यक्ष शान्ति लिम्बुले भिसी लिम्बूको तस्वीरमा दीप प्रज्वलन र फूल माल्यार्पण गरे लगत्तै एक मिनेट मौन धारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तागेरा निवाफुङसंग प्रार्थना गरिएको थियो ।
कार्यक्रममा बेजिङस्टोक नेपाली समाज (बीएनसी) का अध्यक्ष ओम गुरुङ लगायत भिसी लिम्बू परिवारका सदस्यहरु र बयोवृद्ध गोरखा आमाबाबाहरुको पनि उपस्थिति रहेको थियोे ।
कार्यक्रम संचालन सचिव डम्बर केदेम लिम्बुले गरेका थिए । कोषाध्यक्ष शुक्र लिम्बु, सहकोषाध्यक्ष ओम तुम्याहाङ लिम्बू,सदस्य दिलिप लिम्बू,प्रिया लिङथेप,दिपा लिम्बुको पनि कार्यक्रममा उपस्थिति थियो ।
भिसी लिम्बूको जीवनी परिवारको अनुमतिअनुसार नरप्रसाद सबेनहिमले पढेर सुनाउनु भएको थियो ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’