
लण्डन । किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक शाखाले शनिबार दिवंगत हुनुभएका अन्तिम जीवित गोरखा भिसी रामबहादुर लिम्बूको निधनमा शोक सभाको आयोजना गरेको छ ।
आइतबार आयोजित सो शोकसभा शाखाका कामु अध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम केन्द्रीय समितिबाट उपाध्यक्ष अमृता पालुङ्वा सबेनहिम, सहकोषाध्यक्ष नर प्रसाद सबेनहिम र सल्लाहकार बिजय लिङथेप, भिसी लिम्बूकी ठूली नातिनी प्रेणा लिम्बू, उपाध्यक्ष शान्ति लिम्बुले भिसी लिम्बूको तस्वीरमा दीप प्रज्वलन र फूल माल्यार्पण गरे लगत्तै एक मिनेट मौन धारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तागेरा निवाफुङसंग प्रार्थना गरिएको थियो ।
कार्यक्रममा बेजिङस्टोक नेपाली समाज (बीएनसी) का अध्यक्ष ओम गुरुङ लगायत भिसी लिम्बू परिवारका सदस्यहरु र बयोवृद्ध गोरखा आमाबाबाहरुको पनि उपस्थिति रहेको थियोे ।
कार्यक्रम संचालन सचिव डम्बर केदेम लिम्बुले गरेका थिए । कोषाध्यक्ष शुक्र लिम्बु, सहकोषाध्यक्ष ओम तुम्याहाङ लिम्बू,सदस्य दिलिप लिम्बू,प्रिया लिङथेप,दिपा लिम्बुको पनि कार्यक्रममा उपस्थिति थियो ।
भिसी लिम्बूको जीवनी परिवारको अनुमतिअनुसार नरप्रसाद सबेनहिमले पढेर सुनाउनु भएको थियो ।

भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम