
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको पाँचौं कार्यसमितिको पहिलो बैठकले कार्य विभाजन गरेको छ ।
गत १८ मार्च शनिबारका दिन बसेको बैठकले सो कार्य विभाजन गरेको हो । उक्त बैठकमा अध्यक्ष हर्कबहादुर गुरुङले स्वागत मन्तब्य प्रकट गर्दै गुम्बाले गर्दै आएको र गर्नुपर्ने कार्यहरुको बारे जानकारी गराए । त्यस्तै, कोषाध्यक्ष मेजर शंकर गुरुङले गुम्बाको आर्थिक विवरण जानकारी दिए ।
कार्यसमितिका पदाधिकारी एवं सदस्य र सल्लाहकारहरुबीच एकअर्कामा परिचय समेत गरिएको सो बैठकले बीसीसी युकेले आउने ५ मे का दिन एम्पायर हल अल्डरसटमा मनाउन लागेको बुद्ध जयन्तीको तयारीबारे व्यापक रुपमा छलफल गरिएको थियो । उक्त समारोहका लागि नेपालबाट आउने सेचेन गुम्बाका रब्जम रिन्पोछेको बेलायत बसाईको कार्यक्रमलगायतको विषयमा छलफल भएको थियो । त्यस्तै, बैठकले हाल गुम्बाको सेवामा रहेका खेन्पो टासी छिरिङ्गलाई २ अप्रिलका दिन औपचारिक बिदाई गर्ने निर्णय गरेको छ ।
बीसीसी गुम्बाका टुल्कु जिग्मे रिन्पोछे, खेन्पो टासी छिरिङ्ग, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङलगायत सहभागी सबैले दीप प्रज्ज्वलन गरी शुरुवात भएको बैठकमा प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टेन काजी शेर्पालगायत सल्लाहकारहरुले गुम्बा संचालनका लागि आवश्यक सल्लाह, सुझावहरु प्रस्तुत गर्दै गुम्बाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त बैठकपश्चात बीसीसी युकेको निमन्त्रणामा तमु ल्होछारका लागि सिक्किमबाट आएका टुल्कु सन्गय योन्तेन ग्यात्सो रिन्पोछेलाई औपचारिक रुपमा रात्रीभोजसहित बिदाई गरिएको नवनिर्वाचित अध्यक्ष हर्कबहादुर गुरुङले जानकारी दिए ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।
स्मरण रहोस्, बीसीसी युकेको गत २५ फेब्रुअरीका दिन सम्पन्न पाँचौं अधिवेशनले उक्त पाँचौं कार्यसमितिको निर्विरोध चयन गरेको थियो ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण