
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्थापना दिवसको अवसरमा आउँदो जुलाई ९ तारिख आइतबार एक ‘च्यारिटी डिनर नाइट’ को आयोजना गर्ने भएको छ ।
शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा गतसाता सम्पन्न कार्यसमितिको बैठकले स्थापना दिवस एवम् च्यारिटी कार्यक्रम गर्ने निर्णय गरेको हो ।
‘स्थापना दिवस एवम् च्यारिटी नाइट’ का लागि महासचिव नरेन्द्र बस्नेतलाई संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार र उपाध्यक्ष प्रमिला लाबुंग राईलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
गतवर्ष जुलाई १० मा शाखाले आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसरमा दशौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको थियो ।
स्थापना दिवसका लागि कार्यक्रम स्थलको चाडै टुंगो लगाइने र च्यारिटी कार्यक्रमबाट संकलित रकम कुनै परोपकारी कार्यमा उपयोग गरिनेछ ।
सोही अवसरमा शाखाले वर्षेनी प्रदान गर्दै आएको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार पनि वितरण गरिनेछ ।
कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजका अगुवाहरुलाई आमन्त्रण गरिने सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने शाखाले जनाएको छ ।
उक्त दिन अन्य कार्यक्रमहरु नराखिदिन बेलायतस्थित संघसंस्थालाई महासंघले अनुरोध गरेको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण