
लण्डन । बेलायतले नेपालको स्थानीय पूर्वाधार रूपान्तरणको लागि करिब साढे १४ अर्ब रूपियाँ सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालय काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत निकोला पोलिट र अर्थ मन्त्रालयका सचिव तोयम रायबीच एक सम्झौता पत्रमा हस्ताक्षर हुनुका साथै सम्झौता पत्र आदानप्रदान गरिएको छ ।
स्थानीय पूर्वाधार सहायता कार्यक्रम नाम दिइएको सो योजना दुताबास र नेपाल सरकारद्वारा संयुक्तरूपमा बनाइएको हो । सो कार्यक्रमबाट करिब १७ लाख नेपाली नागरिक प्रत्यक्षरूपमा लाभान्वीत हुने बताइएको छ । यस कार्यका लागि बेलायतले साढे १४ अर्ब रूपियाँ सहयोग उपलब्ध गराउने छ ।
कार्यक्रमले नेपाल सरकारलाई स्थानीय पूर्वाधारको दीगो विकास र वितरणमा सुधार गर्न आगामी ६ वर्षमा थप ३२० अर्ब उपलब्ध गराउने छ ।
नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले नेपाल र बेलायतबीच सहकार्यमा पूर्वाधार निर्माण, मर्मत र पुनर्निर्माणमा लामो र गौरवपूर्ण इतिहास रहेको बताइन् । यसबाट बितेको छ दशकमा मानिसहरूलाई उल्लेखनीय सहयोग पुगेको उनको भनाइ थियो । नयाँ कार्यक्रममार्फत स्थानीय सरकारलाई थप बलियो र उत्तरदायी बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
नयाँ कार्यक्रमले नेपाल सरकारलाई पूर्वाधार वितरणमा सुधार्न सहयोग गर्ने र आगामी छ वर्षसम्म गरिने सहयोगले स्थानीय पूर्वाधारमा दीगो प्रभाव पार्ने पनि उनको भनाइ थियो । यो कार्यक्रम नेपाल र बेलायतबीच सहकार्यको गतिलो उदाहरण हुने पनि उनले बताइन् ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले नेपालको सामाजिक र आर्थिक विकासका लागि बेलायत सरकारको योगदान र निरन्तरको सहयोगको प्रशंसा गरे । यो कार्यक्रमले स्थानीय तहमा पूर्वाधारका लागि स्थानीय सरकारको क्षमता वृद्धिमा सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे ।
स्थानीय पूर्वाधार सहायता कार्यक्रममा नेपाल सरकारले पनि साढे छ अर्ब उपलब्ध गराउने छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार