
लण्डन । बेलायतले नेपालको स्थानीय पूर्वाधार रूपान्तरणको लागि करिब साढे १४ अर्ब रूपियाँ सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालय काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत निकोला पोलिट र अर्थ मन्त्रालयका सचिव तोयम रायबीच एक सम्झौता पत्रमा हस्ताक्षर हुनुका साथै सम्झौता पत्र आदानप्रदान गरिएको छ ।
स्थानीय पूर्वाधार सहायता कार्यक्रम नाम दिइएको सो योजना दुताबास र नेपाल सरकारद्वारा संयुक्तरूपमा बनाइएको हो । सो कार्यक्रमबाट करिब १७ लाख नेपाली नागरिक प्रत्यक्षरूपमा लाभान्वीत हुने बताइएको छ । यस कार्यका लागि बेलायतले साढे १४ अर्ब रूपियाँ सहयोग उपलब्ध गराउने छ ।
कार्यक्रमले नेपाल सरकारलाई स्थानीय पूर्वाधारको दीगो विकास र वितरणमा सुधार गर्न आगामी ६ वर्षमा थप ३२० अर्ब उपलब्ध गराउने छ ।
नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले नेपाल र बेलायतबीच सहकार्यमा पूर्वाधार निर्माण, मर्मत र पुनर्निर्माणमा लामो र गौरवपूर्ण इतिहास रहेको बताइन् । यसबाट बितेको छ दशकमा मानिसहरूलाई उल्लेखनीय सहयोग पुगेको उनको भनाइ थियो । नयाँ कार्यक्रममार्फत स्थानीय सरकारलाई थप बलियो र उत्तरदायी बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।
नयाँ कार्यक्रमले नेपाल सरकारलाई पूर्वाधार वितरणमा सुधार्न सहयोग गर्ने र आगामी छ वर्षसम्म गरिने सहयोगले स्थानीय पूर्वाधारमा दीगो प्रभाव पार्ने पनि उनको भनाइ थियो । यो कार्यक्रम नेपाल र बेलायतबीच सहकार्यको गतिलो उदाहरण हुने पनि उनले बताइन् ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले नेपालको सामाजिक र आर्थिक विकासका लागि बेलायत सरकारको योगदान र निरन्तरको सहयोगको प्रशंसा गरे । यो कार्यक्रमले स्थानीय तहमा पूर्वाधारका लागि स्थानीय सरकारको क्षमता वृद्धिमा सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे ।
स्थानीय पूर्वाधार सहायता कार्यक्रममा नेपाल सरकारले पनि साढे छ अर्ब उपलब्ध गराउने छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर