
लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको महिला विभाग अन्तर्गतको थामेन्दिङमा चुम्लुङ ग्रेटर लण्डन शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ ।
किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गणेश इजमको प्रमुख आतिथ्यमा भएको सो अधिवेसनले कमला लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बुधमाया इजम, सचिव बिना सिगु, कोषाध्यक्ष सोभिता (उषा) लिङदेन रहेका छन् भने सदस्यहरूमा बिना एक्तेन, रेशु फियाक, आशा लिम्बु, टीका आङदेम्बे र आस्था लिम्बु रहेका छन् ।
सल्लाहकारहरूमा मीरा आङबोहाङ, आशा सुब्बा, मुना लिम्बु र शशी थापा सुब्बा रहेका छन् ।
अधिवेसनमा कियाचु ग्रेटर लण्डन शाखाका अध्यक्ष देव आङबुहाङ, थामेन्दिङमा केन्द्रीय अध्यक्ष युमा लिम्बु, संस्थापक अध्यक्ष लीला सेलिङ माबो, रसमुर शाखाका अध्यक्ष गौरी इवा स्वीण्डन शाखा अध्यक्ष चन्द्रकला थेबे, सल्लाहकार दुर्गा पाङ्मा अतिथि रहेका थिए ।
नयाँ कार्यसमिति चयनका लागि देव आङबुहाङको अध्यक्षतामा बिमला सेने सदस्य सचिव र लीला सेलिङ माबो सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार