
लण्डन । बेलायतलाई कर्मथलो बनाइरहेका नेपाली मूलका दुई युवाले बेलायतको प्रतिष्ठित अवार्ड जितेका छन् ।
एसिएन मिडिया ग्रुपले सन् १९९९ देखि प्रदान गर्दै आएको जीजीटू अवार्डबाट अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढा मगर र हाल बेलायतको स्वास्थ्य सेवा न्याशनल हेल्थ ट्रष्ट नर्थवेष्ट एङ्गिला क्षेत्रको उपमहाप्रबन्धक प्रदीप कारन्जितले सो अवार्ड पाएका हुन् ।
बेलायतमा जातीय अल्पसंख्यक समुदायका नेतृत्व तथा कुशाग्र क्षमताका व्यक्तिहरूलाई सो अवार्ड दिइने गरिएको छ । सो अवार्ड पाउनेहरूको सूचीमा वर्तमान ब्रिटिश प्रधानमन्त्री ऋषि सुनक समेत रहेका छन् । उनलाई जीजीटू ह्यामर अवार्ड दिइएको थियो । तथापि अवार्ड थाप्न उनी उपस्थित भएनन् ।
उता हरि बुढा मगरलाई भने जीजीटू अचिभमेण्ट थ्रु एडभर्सिटी अवार्ड प्रदान गरिएको छ । बेलायतमा सामाजिक र परोपकारी क्षेत्रमा सक्रिय बुढा अहिले सगरमाथा आरोहरणको तयारीमा छन् ।
बेलायतको मात्र नभई विश्वमै कहलिएको बेलायतको स्वास्थ्य सेवाको उपल्लो पदमा पुगेका प्रदिप कारन्जितले भने सो अवार्ड आफू एक्लैले नभई समग्र टीमले नै लिने बताएका थिए । उनी उपप्रमुख कार्यकारी अधिकृत रहेको नर्थवेष्ट एङ्गिला एनएचएस ट्रष्टलाई जीजीटू एनएचएस ट्रष्ट अफ द इयर अवार्ड दिइएको छ ।
सो अवसरमा जातीय अल्पसंख्यक समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गरेका र नेतृत्व क्षमता देखाएका विभिन्न संस्था र व्यक्तिहरूलाई पनि सम्मानित गरिएको थियो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ