
लण्डन । बेलायती पूर्व महारानी एलिजावेथ द्वितीयाका श्रीमान प्रिन्स फिलिपको निधनपछि रिक्त रहेको ड्यूक अफ इडिनबराको उपाधि बेलायती राजाका कान्छा भाइ एडवार्डले पाएका छन् ।
बेलायतको राजदरबारले शुक्रबार सोको जानकारी दिएको छ ।
उनका पिता प्रिन्स फिलिप करिब ७० वर्ष सो ड्यूक अफ इडिनबरा रहेका थिए । उनको निधनपछि महारानीले कान्छा छोरालाई सो उपाधि दिन खोजे पनि पूरा हुन सकेको थिएन ।
बेलायती राजाका दुई भाइहरुमध्ये माहिला भाइ यौन विवादमा मुछिएपछि उनी राजकीय जिम्मेवारीबाट अलग गरिएका छन् । जसका कारण विवादमा नमुछिएका कान्छा भाइलाई महत्वपूर्ण उपाधि दिइएको छ ।
बेलायती महारानीले तीन छोराहरुमध्ये जेठा चाल्र्सलाई प्रिन्स अफ वेल्स, माहिला छोरा आन्ड्रयूलाई डयूक अफ योर्क र कान्छा एडवार्डलाई अल अफ वेसेक्सको उपाधि दिएकी थिइन् । महारानीको निधनपछि चाल्र्स नयाँ राजा बने र उनको उपाधि जेठा छोरा प्रिन्स विलियमले पाए । उता माहिला आन्ड्रयूका विरुद्धमा अमेरिकी अदालतमा मुद्दा परेपछि उनको उपाधि खोसियो । अब कान्छा एडवार्ड ड्यूक अफ एडिनबरा बनेपछि उनको पुरानो उपाधि भने छोरामा सरेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ