
लण्डन । बेलायतको अल्डरसटबाट अकाउन्टिङ लगायतको सेवा प्रदान गर्दै आइरहेको पेपरवर्क्स सोल्यूसन्स लिमिटेड १७ औँ वर्षमा प्रवेश गरेको छ ।
बेलायतमा इजाजतप्राप्त चार्टर्ड अकाउन्टेण्टहरू रहेको पेपरवक्स सोल्यूसन्सले आफ्ना ग्राहकहरूलाई नयाँ, उच्च स्तरको वित्तीय परामर्श दिने, कुनै नीतिगत परिवर्तन हुँदैछ भने त्यसका बारेमा सक्रियतापूर्वक तत्काल जानकारी दिने र सजिलै बुझ्न सकिने भाषामा सेवा दिने गरेको निर्देशक श्याम श्रेष्ठ जानकारी दिनुहुन्छ ।
लिमिटेडले सरे ह्याम्पसायरमा व्यक्तिगत कर, एकल स्वामीत्वमा रहेका व्यापारिक प्रतिष्ठानका कर, साझेदारी र लिमिटेड कम्पनीका सानादेखि ठूला व्यापारिक प्रतिष्ठानहरूलाई सेवा पुर्याउँदै आएको छ ।
१७ वर्षको अनुभवका कारण ग्राहकहरुको समस्या तत्काल र गहिरोसँग बुझ्नसक्नु, करवापत तिरिने पैसा बचाइ त्यसलाई भविष्यमा आफ्नो ब्राण्डको मूल्य बढाउन उपयोग गर्नुको महत्व बुझाउन सक्नु आफ्नो सेवाको नयाँ पक्ष रहेको श्रेष्ठले बताउनुभयो । योग्यता र अनुभव हासिल गरेका, सकारात्मक र उत्प्रेरक स्वभावका आफ्ना टीमका सदस्यहरूले १६ वर्षमा पुर्याएको सेवाबाट ग्राहकहरूले विश्वास नै गर्न नसकिने किसिमको सकारात्मक प्रतिक्रिया दिएको अनुभव पनि उनले साट्नुभयो ।
हालसम्म करिब ५०० विभिन्न किसिमका व्यापारिक प्रतिष्ठानहरूलाई सेवा पुर्याएको पनि पेपरवर्क्सले जानकारी दिएको छ ।

कम्पनीका निर्देशक श्रेष्ठ आफैँमा योग्यताप्राप्त चार्टर्ड अकाउण्टेण्ट हुन् । उनले बीपीपी विश्वविद्यालयबाट अकाउण्टिङ र फाइनान्समा मास्टर्स गरेका छन् । उनी स्नातक तहमा अध्ययनरत रहँदा उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्डबाट पनि सम्मानित भएका थिए । उनले वेष्ट स्कटल्याण्ड विश्वविद्यालयबाट नेतृत्व र रणनीतिमा पोष्ट ग्राजुयट गरेका छन् । तीक्ष्ण विद्यार्थी श्रेष्ठले मास्टर्समा बिज्नेस एनालाइसिस विषयमा उत्कृष्ट अंक ल्याएकाले सर्टिफिकेट अफ अचिभमेन्ट समेत पाएका थिए । उनी यसैवर्ष विद्यावारिधिको पढाइ शुरु गर्ने योजनामा छन् ।
श्रेष्ठले साना तथा मझौला व्यापारिक प्रतिष्ठानहरु, निर्माण, पूर्वाधार, कुरियर, लजिष्टिक, मनोरन्जन, होटल, मोर्गेज तथा फाइनान्सियल परामर्श, रियलस्टेट, खुद्रा बिक्रेताहरू, कानुनी परामर्श सेवा, ट्राभल, स्पोर्टस क्लव, संघसंस्थाहरु, च्यारिटीहरू, औषधि उत्पादक, बीमा र यातायात क्षेत्रमा वित्तीय परामर्श तथा लेखापरीक्षण सेवा दिइसकेका छन् ।
सेवाग्राहीको आवश्यकताअनुसार भेट र कुराकानी गर्न आफू लचिलो रहेको श्रेष्ठ बताउनुहुन्छ । फुर्सदमा क्रिकेट खेल्न र हेर्न मन पराउने श्रेष्ठ स्याण्डहर्स्ट क्रिकेट क्लवबाट खेलेका पनि छन् । सामाजिक सेवातर्फ श्रेष्ठ ग्रेटर रसमुर नेपाली कम्युनिटीको कोषाध्यक्ष, फ्लीट नेपाली कम्युनिटीको उपमहासचिव र पासा पुच गुठी अल्डरसटको कोषाध्यक्ष रहेका छन् ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान