
लण्डन । बेलायतको अल्डरसटबाट अकाउन्टिङ लगायतको सेवा प्रदान गर्दै आइरहेको पेपरवर्क्स सोल्यूसन्स लिमिटेड १७ औँ वर्षमा प्रवेश गरेको छ ।
बेलायतमा इजाजतप्राप्त चार्टर्ड अकाउन्टेण्टहरू रहेको पेपरवक्स सोल्यूसन्सले आफ्ना ग्राहकहरूलाई नयाँ, उच्च स्तरको वित्तीय परामर्श दिने, कुनै नीतिगत परिवर्तन हुँदैछ भने त्यसका बारेमा सक्रियतापूर्वक तत्काल जानकारी दिने र सजिलै बुझ्न सकिने भाषामा सेवा दिने गरेको निर्देशक श्याम श्रेष्ठ जानकारी दिनुहुन्छ ।
लिमिटेडले सरे ह्याम्पसायरमा व्यक्तिगत कर, एकल स्वामीत्वमा रहेका व्यापारिक प्रतिष्ठानका कर, साझेदारी र लिमिटेड कम्पनीका सानादेखि ठूला व्यापारिक प्रतिष्ठानहरूलाई सेवा पुर्याउँदै आएको छ ।
१७ वर्षको अनुभवका कारण ग्राहकहरुको समस्या तत्काल र गहिरोसँग बुझ्नसक्नु, करवापत तिरिने पैसा बचाइ त्यसलाई भविष्यमा आफ्नो ब्राण्डको मूल्य बढाउन उपयोग गर्नुको महत्व बुझाउन सक्नु आफ्नो सेवाको नयाँ पक्ष रहेको श्रेष्ठले बताउनुभयो । योग्यता र अनुभव हासिल गरेका, सकारात्मक र उत्प्रेरक स्वभावका आफ्ना टीमका सदस्यहरूले १६ वर्षमा पुर्याएको सेवाबाट ग्राहकहरूले विश्वास नै गर्न नसकिने किसिमको सकारात्मक प्रतिक्रिया दिएको अनुभव पनि उनले साट्नुभयो ।
हालसम्म करिब ५०० विभिन्न किसिमका व्यापारिक प्रतिष्ठानहरूलाई सेवा पुर्याएको पनि पेपरवर्क्सले जानकारी दिएको छ ।

कम्पनीका निर्देशक श्रेष्ठ आफैँमा योग्यताप्राप्त चार्टर्ड अकाउण्टेण्ट हुन् । उनले बीपीपी विश्वविद्यालयबाट अकाउण्टिङ र फाइनान्समा मास्टर्स गरेका छन् । उनी स्नातक तहमा अध्ययनरत रहँदा उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्डबाट पनि सम्मानित भएका थिए । उनले वेष्ट स्कटल्याण्ड विश्वविद्यालयबाट नेतृत्व र रणनीतिमा पोष्ट ग्राजुयट गरेका छन् । तीक्ष्ण विद्यार्थी श्रेष्ठले मास्टर्समा बिज्नेस एनालाइसिस विषयमा उत्कृष्ट अंक ल्याएकाले सर्टिफिकेट अफ अचिभमेन्ट समेत पाएका थिए । उनी यसैवर्ष विद्यावारिधिको पढाइ शुरु गर्ने योजनामा छन् ।
श्रेष्ठले साना तथा मझौला व्यापारिक प्रतिष्ठानहरु, निर्माण, पूर्वाधार, कुरियर, लजिष्टिक, मनोरन्जन, होटल, मोर्गेज तथा फाइनान्सियल परामर्श, रियलस्टेट, खुद्रा बिक्रेताहरू, कानुनी परामर्श सेवा, ट्राभल, स्पोर्टस क्लव, संघसंस्थाहरु, च्यारिटीहरू, औषधि उत्पादक, बीमा र यातायात क्षेत्रमा वित्तीय परामर्श तथा लेखापरीक्षण सेवा दिइसकेका छन् ।
सेवाग्राहीको आवश्यकताअनुसार भेट र कुराकानी गर्न आफू लचिलो रहेको श्रेष्ठ बताउनुहुन्छ । फुर्सदमा क्रिकेट खेल्न र हेर्न मन पराउने श्रेष्ठ स्याण्डहर्स्ट क्रिकेट क्लवबाट खेलेका पनि छन् । सामाजिक सेवातर्फ श्रेष्ठ ग्रेटर रसमुर नेपाली कम्युनिटीको कोषाध्यक्ष, फ्लीट नेपाली कम्युनिटीको उपमहासचिव र पासा पुच गुठी अल्डरसटको कोषाध्यक्ष रहेका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ