काठमाडौ। महाभुकम्पका कारण नेपालले खेल्ने विश्व क्रिकेट लिग च्याम्पियनशिपका खेलहरु झन्डै डेढ महिना पछाडि सरेको छ ।
नेपालले जुन १० र १२ मा स्कटल्यान्डसँग खेलेर विश्व क्रिकेट लिग च्याम्पियनशिपको यात्रा प्रारम्भ गर्दै थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार नयां खेल तालिका निकाल्दै नेपालको स्कटल्यान्डसँगको खेल जुलाई २५ र २७ मा सारेको छ । खेल स्थल अझै आईसीसीले तय गरेको छैन्।
नेपालले भूकम्पका कारण देखाउँदै स्कटल्यान्डलाई खेल सार्न अनुरोध गरेको थियो । स्कटल्यान्डले त्यो अनुरोध आईसीसीलाई गरेपछि नयां मिति तय भएको हो।
नेपालले जुलाई १० देखि २३ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने विश्व ट्वान्टी-२० छनोटमा खेल्दै छ। त्यसको २ दिनपछि स्कटल्यान्डसँग च्याम्पियनशिपमा खेल्ने भएको हो।
च्याम्पियनशिपमा नेपाल, स्कटल्यान्डसँगं हङकङ, पपुवा न्यु गिनी, नामिबिया, नेदरल्यान्ड्स, युएई र केन्या प्रतिस्पर्धा गर्नेछन् । झन्डै डेढ वर्षसम्म चल्ने च्याम्पियनशिप २०१९ को विश्वकप छनोटको आधार पनि हो ।
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार