काठमाडौँ । ललितपुर महानगरपालिकाले कलाकार अरनिकोको घरलाई राष्ट्रिय संग्रहालय बनाउने भएको छ ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता गर्नुभएको छ ।
नेपाल व्यावसायिक कलाकार सङ्घको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्य पारेर ललितपुर महानगरपालिका–६ मा रहेको उहाँको घरलाई सङ्ग्रहालय बनाउने बताउनुभएको हो ।
तेह्रौँ शताब्दीका प्रसिद्ध कलाकार अरनिको नेपालबाट १७ वर्षको उमेरमा ९९ जना कलाकारको टोलीको नेतृत्व गरी चीनमा गएर त्यहाँ नेपाली कला र कौशलको प्रचारप्रसार गरेको भन्दै महर्जनले अरनिकोको जन्मस्थल ललितपुर जिल्ला भएको तथ्य औँल्याउनुभयो । “उहाँ बसेको घर जेजस्तो अवस्थामा छ त्यसको संरक्षण र सम्वद्र्धन गरी त्यसलाई सङ्ग्रहालयका रुपमा विकास गर्न प्रतिबद्ध छु”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकूलपतिद्वय किरण मानन्धर र कान्छाकुमार कर्माचार्यको विशिष्ट आतिथ्यमा महानगरपालिकाका प्रमुख महर्जनको हातबाट १६ जनाभन्दा बढी कलाकारलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
सो अवसरमा महर्जनले शताब्दी पुरुष, संस्कृतविद् एवं अरनिकोविद् सत्यमोहन जोशीको अनुशरण गर्दै महानगरले धेरै काम गरेको बताउनुभयो । उहाँले सत्यमोहन जोशीले १९७१ सालमा अरनिकोबारेमा पुस्तक निकालेपछि मात्रै नेपालमा अरनिकोलाई राष्ट्रिय विभूतिको स्थान दिइएको उल्लेख गर्नुभएको थियो ।
साथै उहाँले डा के के पाण्डेको पुस्तकमा व्याख्या गरेअनुसार ललितपुर महानगरपालिका वडा नं ६ मा अरनिको घर छ भन्ने उल्लेख भएको भन्दै सो घर सङ्ग्रहालयका रुपमा राख्नका लागि महानगरपालिकाले सम्बन्धित वडाध्यक्षसँग सहकार्य गर्दै अगाडि बढिराखेको जानकारी गराउनुभएको थियो ।
सङ्घद्वारा आयोजित पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान कार्यक्रममा विभिन्न कलाकार÷साहित्यकारलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद वैद्य र कला व्यवसायी तथा कलाकार रामकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो भने विभिन्न विधाका पुरस्कार कलाकारलाई दिइएको थियो । रु २५ हजार राशीको सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार–२०७९ कृष्ण मानन्धर र रु २० हजार राशिको क्रोधकला शिरोमणि पुरस्कार–२०७९ जुलुमलाल चित्रकारलाई दिइएको थियो । रु १५ हजार राशीको मुल्मी ग्राफिक डिजाइन एवार्ड–२०७९ कृष्ण मानन्धरलाई दिइएको थियो भने रु १० हजार राशिका हेम गङ्गा युवा कला प्रतिभा पुरस्कार २०७९ नरेन्द्र मल्ल र कान्ति घिमिरे न्यौपानेलाई प्रदान गरिएको थियो ।
साथै रु १० हजार राशीका अमात्य कला पुरस्कार २०७९, निर्वाण कला सम्मान २०७९, क्यान सिग्देल आर्ट पुरस्कार २०७९, ज्ञानी शाह क्यान अमूर्त कला सम्मान २०७९ र ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार २०७९ क्रमशः तीर्थ निरौला, सुरेश प्रतीक, विजयकुमार कार्की ढली, गोविन्दलाल सिंह डङ्गोल र गङ्गाधर सारुलाई प्रदान गरिएको थियो ।
पाँच हजार राशिका पुरस्कार क्यान आइडियल कला पुरस्कार २०७९, बालकृष्ण स्मृति कला पुरस्कार २०७९, नारायणदेवी स्मृति पुरस्कार २०७९, राजेश मानन्धर कार्टुन अवार्ड २०७९ र ऋचा मैनाली रिमाल स्मृति पुरस्कार २०७९ क्रमशः चन्द्रकुमार ताम्राकार, नारायण लामिछाने, मुकेश मल्ल, रवि मिश्र र सिरपा श्रेष्ठलाई प्रदान गरिएको थियो । रु ३० हजार राशीको क्यान सत्यमोहन अरनिको राष्ट्रिय पुरस्कार २०७९ वासुदेव अधिकारीलाई प्रदान गरिएको थियो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन