लन्डन । नेपालमा दश दिन अगाडि आएको महाभूकम्पबाट धनजनको क्षति पश्चात संसारभरबाट राहत सामाग्रीसंगै दीर्घकालीन सहयोग जुट्ने क्रम पनि शुरु भएको छ । यसै क्रममा अन्तर्राष्ट्रिय व्यवसायिक कम्पनी सलाद माष्टर यूकेले पनि सहयोगको हात अगाडि बढाउंदै पीडितहरुका लागि २५ वटा नयां घर बनाइदिने भएको छ । गत बिहीबार स्पेनको बार्सिलोनामा भएको सलाद माष्टरको अन्तर्राष्ट्रिय सेमिनारमा यस सम्वन्धि प्रस्ताव आएको हो ।
एस फोर यू हेल्थी लाइफ लिमिटेड यूकेका प्रबन्ध निर्देशक शिवजी श्रेष्ठले बार्सिलोना सेमिनारमा भूकम्पपछि नेपालको अवस्था चित्रण गरेका थिए । उनले भूकम्पका कारण कतिपय गाउं नै सखाप भएर धेरै घरवारबिहीन हुन पुगेकाले तत्काल राहतबाहेक दीर्घकालीन सहयोग पनि त्यति नै खांचो रहेको बताएपछि विभिन्न राष्ट्रबाट आएका सहभागीले सहमति जनाएका हुन् । श्रेष्ठले यस किसिमको सहयोग व्यक्तिगत भन्दा संस्थागत तवरले गर्नु अझ प्रभावकारी हुनेमा जोड दिएका थिए । यसको संयोजन गर्ने जिम्मा शिवजी श्रेष्ठलाई नै दिइएको छ ।
उता, श्रेष्ठ प्रमुख संयोजक रहेको नेपाल भूकम्प आपतकालीन अभियान यूकेले अभियानमार्फत २३ सय (तेइस सय) केजी अति आवश्यक राहत सामाग्री नेपाल पठाइ सकेको अभियानमा संलग्न एनआरएनए यूकेका उपाध्यक्ष समेत रहेका हिराधन राईले बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते