लण्डन । बेलायतको एम्सब्रीमा बसोबास गर्ने एक नेपाली युवा दुई सातादेखि सम्पर्कविहीन भएका छन् ।
सोल्सब्री प्रहरीका अनुसार ३६ वर्षीय किरण पुन डिसेम्बरको १ तारिखबाट सम्पर्कविहीन भएका हुन् । उनी घरबाट ह्याम्पसायरमा साथी भेट्न रेल चढेर जाने योजनामा भएको प्रहरीले जनाएको छ । तर त्यसपछि उनी सम्पर्कविहीन भएका हुन् ।
करिब ५ फिट ८ इन्च अग्ला पुनको कालो कपाल, खैरो आँखा भएको र चिउँडोमा खत भएको बताइएको छ ।
सोल्सब्री प्रहरीले मंगलबार साँझ एक अपील सार्वजनिक गर्दै उनको बारेमा केही सूचना भए १०१ मा फोन गरी रिफरेन्स नम्बर ५४२२०१२८०४४ उल्लेख गरी सूचना दिन अनुरोध गरेको छ ।

किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]