
लण्डन । बेलायतको मुख्य दुई राज्य इङ्ल्याण्ड र वेल्समा नेपाली भाषा मूल भाषा हुनेहरूको संख्या ७४ हजार पुगेको छ ।
सन् २०२१ मा सम्पन्न जनगणनाअनुसार ती दुई राज्यमा नेपाली भाषा बक्ताको करिब ४१ प्रतिशतले वृद्धि भई ७४ हजार ३६८ पुगेको छ ।
सन् २०११ मा ती दुई राज्यमा नेपाली बोल्नेको संख्या ५२ हजार ७८५ मात्र थियो ।
त्यसो त भाषा वक्ताको संख्यामा उल्लेख्य वृद्धि भए पनि ती दुई राज्यमा नेपाली भाषाको स्थान भने यथावत रहेको छ । इङल्याण्ड र वेल्समा सन् २०११ मा नेपाली भाषा २१औँ स्थानमा रहेकोमा यस जनगणनापछि पनि सोही स्थानमा रहेको छ ।
सबैभन्दा धेरै नेपाली भाषा बोलिने क्षेत्र रसमोर हो । फार्नब्रो, अल्डरसट पर्ने रसमोरमा नेपाली भाषा वक्ताको संख्या ८ हजार ५७१ रहेको छ । अल्डरसटमा गोर्खा सैनिकहरूको क्याम्प धेरै पहिलदेखि नै रहेकाले अवकासपछि गोर्खा सैनिकहरू त्यहीँ बस्न थाले । अहिले सो क्षेत्र नेपालीहरूको अधिक बसोबासका कारण ‘मिनी नेपाल’ जस्तै छ ।
दोस्रो धेरै नेपाली वक्ता दक्षिण पूर्वी लण्डनको ग्रीनीचमा छन् । उलीच, प्लमस्टिड, चार्ल्टन जस्ता नेपालीहरूको घना बसोबास पर्ने सो क्षेत्रमा ५ हजार ८५४ जना नेपाली वक्ता छन् ।
तेस्रोमा भने रेडिङ परेको छ जहाँ नेपाली भाषीको संख्या ४ हजार १४७ रहेको छ ।
वेल्समा भने सबैभन्दा धेरै नेपाली वक्ता पोवीज क्षेत्रमा रहेका छन् । त्यहाँको ब्रेकनमा गोरखा आर्मीको ब्यारेकसमेत रहेकोले अवकासपछि गोरखाहरू त्यही बस्न थालेका छन् । त्यहाँ नेपाली वक्ताको संख्या ३६८ रहेको छ । त्यसपछि धेरै नेपाली वक्ता कार्डिफमा छन् ।
बेलायतका अरू दुई राज्यमध्ये स्कटल्याण्डमा गत वर्ष जनगणना कोभिडका कारण स्थगन गरिएको थियो । यो साल मात्र त्यहाँ जनगणना सम्पन्न भएको छ । तथापि त्यहाँ नेपाली वक्ताको संख्या धेरै छैन । सन् २०११ को जनगणनामा १ हजार २६८ मात्र थियो । उता उत्तरी आयरल्याण्डमा त झन् न्यून संख्याका कारण सन् २०११ को जनगणनामा रेकर्डसमेत राखिएको थिएन ।
यी हुन् १ हजारभन्दा बढी नेपाली भाषी रहेका १९ स्थान
| क्रस | स्थान | संख्या |
| १ | रसमुर | ८५७१ |
| २ | ग्रीनीच | ५८५४ |
| ३ | रेडिङ | ४१४७ |
| ४ | हाउन्स्लो | ३४७१ |
| ५ | आसफोर्ड | ३१८७ |
| ६ | इलिङ | २४४२ |
| ७ | स्वीण्डन | २२७२ |
| ८ | विल्सायर | २१७२ |
| ९ | मेडिस्टोन | १९६९ |
| १० | बेजिङस्टोक र डिन | १९५५ |
| ११ | फोल्कस्टोन | १९३८ |
| १२ | हिलिङडन | १९२४ |
| १३ | ब्रेन्ट | १३५१ |
| १४ | ह्यारो | १३२७ |
| १५ | ब्राकनेल फोरेष्ट | १२५६ |
| १६ | ननिटन र बेडवर्थ | १२२७ |
| १७ | बेक्स्ली | ११६६ |
| १८ | रिच्मण्डसायर | १०६० |
| १९ | सरे हिथ | १०२२ |
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा