
ब्रसेल्स । युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रूसी सम्पत्ति जफत गर्ने योजना बुधबार प्रस्ताव गरेको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हामीले रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरेका छौं । साथै, रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौं ।” उहाँले भन्नुभयो, “छोटो अवधिमा, युरोपेली सङ्घ (ईयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्दछन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्दछन् ।
उहाँले थप्नुभयो, “हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौँ र सँगसँगै यसलाई प्राप्त गर्न कानुनी तरिकाहरूको खोजी गर्न सक्छौँ ।”
उहाँले भन्नुभयो, “ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको छ, जसले रूसको आक्रामक अपराधको अनुसन्धान र अभियोजन गर्नेछ ।”
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त