
लन्डन । लन्डनका नेपालीले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ एक च्यारिटी दौड गरेका छन् ।
विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा ‘रिमेम्बरेन्स डे’ भइरहंदा नोभेम्बर १३ तारिख आइतबार नेपाल रन यूकेले गरेको ‘नर्थल्ट १० के’ मा सयौं नेपालीले उत्साहजनक सहभागिता जनाए ।
बेलायतको वित्तिय सेवामा अग्रणी ए–स्टार फाइनान्सियल सोलुसन्स प्रमुख प्रायोजक रहेको उक्त दौड नर्थला फिल्ड पार्क, नर्थल्टमा भएको हो ।
दौडमा करिब २०० नेपाली तथा बेलायती धावकको सहभागिता रहेको आयोजकले जनाएका छन् ।
दौड शुरु हुनु लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र गोर्खा वेलफेयर ट्रष्टकी प्रतिनिधि केटा हन्टले शुभकामना दिएका थिए ।
भूतपूर्व गोर्खा निर्मल थापाले पाइपर धुन बजाएपछि विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो ।
उपनियोग प्रमुख खनालले यस खालका इभेन्टले नेपालीलाई तन्दुरुस्त रहन प्रेरित गर्ने मात्र नभइ सामाजिक एकता र सद्भावमा समेत सघाउने बताइन् ।
दौडका सहभागीलाई ए स्टार फाइनान्सियल सोलुसन्सको प्रायोजनमा टिसर्ट, मेडल र आयोजकका तर्फबाट प्रथम, द्वितीय र तृतीयसहित अन्य विभिन्न वर्गीकरणका विजेतालाई ट्रफी प्रदान गरियो ।
मेन ओपन क्याटेगोरीमा पुरुषतर्फ जोनाथन होरान प्रथम, सदेश राई द्वितीय र हरि बोखिम तृतीय भए । उनीहरुलाई ए स्टार फाइनान्सियल सोलुसन्सका निर्देशक मीन दर्लामीले ट्रफी प्रदान गरे ।
त्यसैगरि, महिलातर्फ फ्रान्सिस्का बोटी प्रथम, सराह कामिनिस्की द्वितीय र सलिना राजभन्डारी तृतीय भए । बोटीले पुरस्कार स्वरुप एभरेस्ट म्याराथनको टिकट पाइन् । विजेतालाई रुडेन भुटिया रन्डरबोल्टले ट्रफी दिएकी थिइन् ।
भेट्रान पुरुषतर्फ सत्नम सिंह र महिलातर्फ भेनेसा पलले ट्रफी पाए । सन्जय साहले ति विजेतालाई ट्रफी दिए ।
सुपर भेट्रानतर्फ स्टेफेन प्लमर र महिलातर्फ गुर्मीत ललीले ट्रफी जिते । व्यवसायी तथा पूर्व राष्ट्रिय खेलाडी सुरज कार्कीले ट्रफी प्रदान गरेका थिए ।
स्वर्गीय दामन गुरुङको सम्झनामा पुरुषतर्फ तिलविक्रम साम्बाहाम्फे र महिलातर्फ समिक्षा गुरुङ क्लव वीनर भए । उनीहरुलाई दामनका बुवा चित्रबहादुर गुरुङले ट्रफी दिए ।
नेपाल रन यूकेका सचिव डा जगन कार्कीले विजेताको नाम घोषणा गरेका थिए ।
नेपाली समुदायमा स्वास्थ्य सचेतना जगाउनुका साथै स्वास्थ्य रहन प्रेरित गर्ने एवं च्यारिटीका लागि लक्षित भएकाले दौडलाई सहयोग गरिएको ए स्टारका निर्देशक मीन दर्लामीले बताए ।
‘समुदाय स्वस्थ्य भए मात्र व्यवसायको पनि अस्तित्व रहने भएकोले यो महत्वपूर्ण कार्यक्रममा सहयोग गर्न पाउंदा हामीलाई गर्व लागेको छ’, दर्लामीले भने ।
कम्पनीको वार्षिकोत्सव समारोहमा खर्च गर्नुको सट्टा च्यारिटी दौडमा सहयोग गरिएको दर्लामीले बताए ।
नेपाल रनका संयोजक सन्तोष राईले दौड आयोजनाले नेपाली र स्थानीय समुदायबीच आपसी सम्बन्ध अभिवृद्धि, गोर्खा भेट्रानहरुको सेवामा समर्पित गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग र नेपाल प्रवर्धनमा समेत टेवा पुग्ने आशा व्यक्त गरे ।
ए स्टारले बेलायतमा आफ्नो भरपर्दो वित्तिय सेवा अलवा सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएर समुदायका लागि आर्थिक सहयोगमा तीव्रता दिएको छ ।
ए स्टारले विगत देखि नै युवा खेलाडीलाई लक्षित गर्दै क्रिकेट, फुटबल र बास्केटवल लिगमा मुख्य प्रायोजन गरेको थियो ।
कम्पनीले गत वर्ष आफ्नो दशौं वार्षिकोत्सवका अवसरमा १० जना ग्राहकले छानेका १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको थियो ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’