
योर्क । बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् ।
७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् ।
एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजा होइन’ भन्दै चिच्याएको सुनिएको थियो र त्यसपछि उनलाई प्रहरी अधिकारीहरूले हिरासतमा लिएका देखाइएको छ ।
घटनास्थलमा रहेका पत्रकारका अनुसार प्रदर्शनकारीले शाही दम्पतीमाथि अण्डा प्रहार गर्नुअघि उनीविरूद्ध असन्तुष्टि व्यक्त गरेका थिए ।
भ्रमणका लागि ऐतिहासिक मिक्लेगेट बारमा भेला भएको भीडमा अन्य मानिसहरूले आक्रमणकारीप्रति आक्रोश व्यक्त गर्दै उनलाई लाज नभएको मान्छे भनेका थिए । उनीहरूले राजाप्रति सम्मान प्रकट गर्दै ‘भगवानले राजालाई बचाउनुभयो’ भनेका थिए ।
प्रहरीले संदिग्ध अपराधीलाई हिरासतमा लिएको बताइएपछि बेलायती राजा चाल्र्स र क्यामिलाले लर्ड मेयरद्वारा आधिकारिक रूपमा योर्क शहरमा स्वागत गर्न बोलाइएको एक परम्परागत समारोहमा सहभागी हुनुभएको थियो ।
बेलायती सञ्चारमाध्यमले आक्रमणकारीलाई पूर्व ग्रीन पार्टीका उम्मेदवार र हाल अस्तित्वमा नरहेको विद्रोही वातावरणीय विरोध समूहका कार्यकर्ताको रूपमा चिनाएका छन् ।
चार्ल्सकी आमा महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको शालिकको अनावरणमा सहभागी हुन राजपरिवार उक्त ऐतिहासिक शहरमा पहिलो पटक पुगेको थियो ।
चार्ल्सले मङ्गलबार नजिकैको लिड्स शहरमा रहेका कलाकारहरूलाई भेट्नुभएको थियो । उहाँले दासप्रथाबारे बेलायतको भूमिका बिषयक एक कार्यक्रममा सहभागी हुँदै यस बिषयमा खुला बहस चलाउन आफु तयार रहेको बताउनुभएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’