
लन्डन । आगामी नोभेम्बर १३ तारिखमा ‘रिमेम्बरेन्स डे’ का दिन नेपाल रन यूकेले ‘नर्थल्ट १० के’ इभेन्ट गर्ने भएको छ।
ए-स्टार फाइनान्सियल सोलुसन्सको प्रमुख प्रायोजन रहेको उक्त दौड नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुने आयोजकले बताएका छन् । उक्त इभेन्टमार्फत गोर्खा वेल्फेयर ट्रस्टको सहयोगार्थ च्यारिटी सहयोग संकलन गर्ने जनाइएको छ।
समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ३५० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन नेपाल रन युकेको वेब साइट (www.nepalrun.org) मार्फत फाराम भर्न सकिने जनाइएको छ । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाई पुरस्कार पनि प्रदान गरिने बताइएको छ ।
समुदायको स्वास्थ्य र तन्दुरुस्तीका लागि आयोजना भएको यस्तो राम्रो काममा सहयोग गर्न पाउनु हाम्रो लागि पनि खुशीको कुरा हो । समुदाय स्वस्थ्य भए मात्र ब्यवसायको पनि अस्तित्व रहने भएकोले यो महत्वपूर्ण कार्यक्रममा सहयोग गरिएको ए-स्टारका डाइरेक्टर मिन दर्लामीले बताए ।
कार्यक्रममा सहभागी सबैले टिसर्ट र मेडल प्राप्त गर्ने छन् । कार्यक्रम दौड प्रतियोगिताको रुपमा मात्र नभएर तन्दुरुस्ती चेतना फैलाउन सकेको दौडिने या हिँडेर निश्चित दुरी पार गरेर पनि स्वास्थ्य लाभ लिन सकिने र अरुलाई पनि प्रेरणा दिन सकिने भएकोले जो सुकैले सहभागी हुन सक्ने आयोजकले बताएका छन् ।
नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रममार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक सन्तोष राईले जनाएका छन् ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ