काठमाडौं। गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको ट्रस्टले भूकम्प पीडितको राहत तथा पुनस्थापनका लागि १५ करोड रुपैया प्रदान गर्ने घोषणा गरेका छन्। 
फुलकुमारी महतो ट्रष्टले १५ करोड रुपैयाँ मध्ये तीन करोडको सामान तत्काल राहतका लागि र बाँकी १२ करोड रुपैयाँ विद्यालयको पुनर्स्थापनाका लागि खर्च गर्ने महतोले जानकारी दिए ।
‘तीन करोड रुपैयाँ बराबरको टेन्ट, चामल, तेल, मसला, तकियालगायत व्यवस्था गरिएको छ,’ उनले भने, ‘पुनर्स्थापना अन्तर्गत स्कूलहरुका लागि १२ करोड रुपैयाँ दिनेछौं । त्यो रकम क्षति भएका ठाउँहरुका स्कूलहरु हेरेर गरिनेछ ।’
यो राहत गैर आवासीय नेपालीहरु र पतंजली योग पीठका तर्फबाट संयुक्त रुपमा वितरण हुने महतोले बताए ।
यस्तै के कति सहयोग कहाँ भएको भन्ने कुरा पनि पारदर्शी बनाइने उनले बताए । राहत घोषणा कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायतको उपस्थिति थियो।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान