
लण्डन । प्रवासी नेपाली मंच (ओएनअफ) युकेको कार्यसमितिको बैठकले बेलायतभर इन्जार्च र १० विभागहरुको जिम्मेवारी तोकेको छ ।
ह्यारोस्थित सारस रेष्टुरेन्टमा अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा आइतबार बसेको बैठकले पदाधिकारीहरुलाई क्षेत्रसहित इन्चार्जको जिम्मेवारी दिइएको हो । जसअनुसार साइथ इस्टको इन्चार्जको जिम्मा उपाध्यक्ष सुरेशजंग शाह, रिडिङ र वेल्स इन्चार्जको जिम्मेवारी अर्का उपाध्यक्ष कृष्ण भण्डारी र स्कटल्याण्डको जिम्मेवारी अर्का उपाध्यक्ष तथा अर्थविद् डा. मुकुन्द बास्तोलालाई दिइएको छ । त्यस्तै, मिडल्याण्ड इन्चार्जमा उपसचिव गोविन्द सापकोटा, नर्थ वेस्ट इन्चार्जमा अर्का उपसचिव लिलामान सेरपुन्जा र अर्का उपसचिव कल्पना आङबुहाङलाई साउथ वेस्ट इन्चार्जको जिम्मेवारी दिइएको छ ।
बैठकले विभिन्न १० वटा विभाग गठन गरी कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी दिइएको अध्यक्ष भुसालले बताए । उनका अनुसार संगठन विभाग प्रमुखमा बालकृष्ण भुसाल, उपप्रमुख तारानाथ भण्डारी र सचिव सुशील खरेल छन । त्यस्तै, प्रचार प्रकाशन तथा प्रविधि विभाग प्रमुखमा श्याम लुईटेल र सचिवमा निर्देशन त्रिपाठी रहेका छन् । आर्थिक विभाग प्रमुखमा पुण्य रेग्मी र उपप्रमुख अर्जुन चापागाई छन् । त्यस्तै, संघ संस्था समन्वय तथा गोर्खा मामिला विभाग प्रमुखमा पशुपति पोखरेल, उपप्रमुख प्रेम गुरुङ र सचिव जयराम कंडेल रहेका छन् । बुद्धिजीवी एवं वैचारिक अनुसन्धान विभाग प्रमुखमा लेखनाथ खरेल र उपप्रमुख गंगा क्षेत्री छन् ।
त्यस्तै, पर्यटन तथा लगानी प्रवर्धन विभाग प्रमुखमा तिलक भट्टराई र उपप्रमुखमा वसन्त नेपाल छन् । युवा विद्यार्थी तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा केदार थपलिया र उपप्रमुखमा मुकुन्द खरेल छन । नेपाली नागरिकता तथा कानुनी परामर्श विभाग प्रमुखमा विदुर खत्री र उपप्रमुख दिवाकर पाण्डे छन् । कला, सस्कृति विभाग प्रमुखमा प्रकाश कंडेल र उपप्रमुखमा रुपेश राउत छन् । त्यस्तैगरी, महिला बालबालिका तथा जेष्ठ नागरिक विभाग प्रमुखमा सुदेशा बजागाई, उपप्रमुखमा केशरी क्षेत्री र सचिवमा दुर्गा बानियाँ क्षेत्री छन् ।
बैठकले प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटीको काठमाडौंमा हुन लागेको अधिवेशनमा सर्वसम्मत रुपमा प्रतिनिधिहरु चयन गरेको छ । जसमा बेलायतबाट १५ जना प्रतिनिधिहरुले अन्तराष्ट्रिय कमिटिमा भाग लिन पाउने छन् ।
बैठकले आगामी १७ अक्टोबरमा आयोजना गरिएको दशैं तिहार शुभकामना साँझलाई थप ससक्त बनाउने सिंगो कार्यसमितिले लाग्ने निर्णय गर्दै उपस्थितिका लागि नेपाली समुदायलाई आव्हान गरेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ