लण्डन ।कामदारहरूको आन्दोलनका कारण बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।
रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् ।
रेल सेवाका कर्मचारीहरूको चार ओटा सङ्गठनले महारानीको शोकका कारण केही समय आन्दोलन स्थगित गरेका थिए ।
कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलव सहितका सेवा सुविधा बृद्धि नगरिएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।
उनीहरूले यसअघि पनि आफूहरूको पारिश्रमिक वृद्धि गर्न पटक पटक माग गर्दै आएको, तर व्यवस्थापनले वेवास्ता गरेकाले अप्रिय र कठोर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
अहिलेको आन्दोलन एक दशक यताकै सबैभन्दा ठूलो रहेको र यसले धेरै क्षेत्रलाई प्रभावित पारेको बताइएको छ ।
आन्दोलनका कारण विभिन्न क्षेत्रमा असर परेकोप्रति आन्दोलनकारीहरूले भने दुःख व्यक्त गर्दै आफूहरूको बाध्यतालाई बुझिदिन आग्रह गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा