
लण्डन । बेलायतमा आजदेखि घरायसी प्रयोजनमा खपत हुने उर्जाको मूल्यमा २७ प्रतिशतले वृद्धि भएको छ ।
यसअघि प्रति घर वार्षिक १ हजार ७९१ पाउण्ड वार्षिक मूल्य तोकिएकोमा आजदेखि २ हजार ५०० पाउण्ड पुगेको छ । तथापि यो मूल्य सरकारले हस्तक्षेप गरी तोकेको हो ।
ग्याँस तथा बिजुलीको विश्वव्यापी थोक मूल्यका आधारमा बेलायतमा पनि मूल्य तोकिने गरेको छ । तर युक्रेन संकटका कारण उर्जाको मूल्य थाम्नै नसकिने गरी आकाशिएपछि सरकारलाई मूल्यमा हस्तक्षेप गर्न दबाब परेको थियो ।
सरकारले मूल्यमा हस्तक्षेप गरी नयाँ मूल्य तोके पनि सर्वसाधारणले भने त्यो भन्दा बढी वा कम्ती मूल्य तिर्नपर्ने विज्ञहरुले बताएका छन् । सरकारले आजदेखि बिजुलीको मूल्य प्रतिकिलोवाट २८ पेन्सबाट ३४ पेन्स तोकेको छ भने ग्याँसको मूल्य ७ पेन्स प्रतिकिलोवाटबाट १०.३० पेन्स पुर्याएको छ । यसको अर्थ धेरै ग्याँस वा बिजुली खपत गरेको अवस्थामा सरकारले तोकेको २ हजार ५०० पाउण्डभन्दा धेरै तिर्नपर्ने पनि हुनसक्छ । थोरै खपत गरेमा सरकारले तोकेभन्दा थोरै मूल्य तिर्नपर्ने पनि हुन सक्छ ।
विज्ञहरुका अनुसार औसत फ्लाटमा बस्नेहरुले १ हजार ७५० पाउण्ड, मिड टेरेस घरमा बस्नेहरुले २ हजार ३५० पाउण्ड, सेमी डिट्याच घरमा बस्नेहरुले २ हजार ६५० पाउण्ड र डिट्याच घरमा बस्नेहरुले ३ हजार ३०० पाउण्डसम्म वार्षिकरुपमा तिनुपर्ने अनुमान गरेका छन् ।
सरकारले उर्जाको चर्को मूल्यवृद्धिलाई सामना गर्न प्रतिघर सहयोगको प्याकेज पनि ल्याएको छ । साथै बृद्ध, असहायका लागि अतिरिक्त प्याकेज पनि घोषणा गरेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]