
लण्डन । बेलायतमा आजदेखि घरायसी प्रयोजनमा खपत हुने उर्जाको मूल्यमा २७ प्रतिशतले वृद्धि भएको छ ।
यसअघि प्रति घर वार्षिक १ हजार ७९१ पाउण्ड वार्षिक मूल्य तोकिएकोमा आजदेखि २ हजार ५०० पाउण्ड पुगेको छ । तथापि यो मूल्य सरकारले हस्तक्षेप गरी तोकेको हो ।
ग्याँस तथा बिजुलीको विश्वव्यापी थोक मूल्यका आधारमा बेलायतमा पनि मूल्य तोकिने गरेको छ । तर युक्रेन संकटका कारण उर्जाको मूल्य थाम्नै नसकिने गरी आकाशिएपछि सरकारलाई मूल्यमा हस्तक्षेप गर्न दबाब परेको थियो ।
सरकारले मूल्यमा हस्तक्षेप गरी नयाँ मूल्य तोके पनि सर्वसाधारणले भने त्यो भन्दा बढी वा कम्ती मूल्य तिर्नपर्ने विज्ञहरुले बताएका छन् । सरकारले आजदेखि बिजुलीको मूल्य प्रतिकिलोवाट २८ पेन्सबाट ३४ पेन्स तोकेको छ भने ग्याँसको मूल्य ७ पेन्स प्रतिकिलोवाटबाट १०.३० पेन्स पुर्याएको छ । यसको अर्थ धेरै ग्याँस वा बिजुली खपत गरेको अवस्थामा सरकारले तोकेको २ हजार ५०० पाउण्डभन्दा धेरै तिर्नपर्ने पनि हुनसक्छ । थोरै खपत गरेमा सरकारले तोकेभन्दा थोरै मूल्य तिर्नपर्ने पनि हुन सक्छ ।
विज्ञहरुका अनुसार औसत फ्लाटमा बस्नेहरुले १ हजार ७५० पाउण्ड, मिड टेरेस घरमा बस्नेहरुले २ हजार ३५० पाउण्ड, सेमी डिट्याच घरमा बस्नेहरुले २ हजार ६५० पाउण्ड र डिट्याच घरमा बस्नेहरुले ३ हजार ३०० पाउण्डसम्म वार्षिकरुपमा तिनुपर्ने अनुमान गरेका छन् ।
सरकारले उर्जाको चर्को मूल्यवृद्धिलाई सामना गर्न प्रतिघर सहयोगको प्याकेज पनि ल्याएको छ । साथै बृद्ध, असहायका लागि अतिरिक्त प्याकेज पनि घोषणा गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान