
लन्डन । सहारा यूकेले पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड हस्तान्तरण गरेको छ ।
अल्डरसट टाउन फुटबल क्लबमा शुक्रबार एक कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष ले रि कुसाङ गुरुङले अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद आजीमलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
हालै पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दुस्ख व्यक्त गर्दै अध्यक्ष गुरुङले तत्काल त्यहाँका पीडित नागरिकका लागि सहायता होस भनेर सहयोग गरिएको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमुधिं यूकेका कोषाध्यक्ष कमल गुरुङ, सहाराका पञ्च गुरुङ, जयन्ती गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतको उपस्थिति थियो ।
सहयोग ग्रहण गर्दै क्लबका अध्यक्ष पाकिस्तानका पीडितकहाँ पुर्याएर सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले पीडितका लागि सहयोग गरेकोमा सहारा यूकेका अध्यक्ष गुरुङलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए ।
सहारा यूकेको शनिबार १७ सेप्टेम्बर २०२२ का दिन बसेको साधारणसभाका बेला पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दुस्ख व्यक्त गर्दै तत्काल त्यहाँका पीडित नागरिकका लागि १ हजार पाउन्ड सहयोग पठाउने निर्णय गरेको थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान