
लन्डन । सहारा यूकेले पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड हस्तान्तरण गरेको छ ।
अल्डरसट टाउन फुटबल क्लबमा शुक्रबार एक कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष ले रि कुसाङ गुरुङले अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद आजीमलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
हालै पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दुस्ख व्यक्त गर्दै अध्यक्ष गुरुङले तत्काल त्यहाँका पीडित नागरिकका लागि सहायता होस भनेर सहयोग गरिएको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमुधिं यूकेका कोषाध्यक्ष कमल गुरुङ, सहाराका पञ्च गुरुङ, जयन्ती गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतको उपस्थिति थियो ।
सहयोग ग्रहण गर्दै क्लबका अध्यक्ष पाकिस्तानका पीडितकहाँ पुर्याएर सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले पीडितका लागि सहयोग गरेकोमा सहारा यूकेका अध्यक्ष गुरुङलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए ।
सहारा यूकेको शनिबार १७ सेप्टेम्बर २०२२ का दिन बसेको साधारणसभाका बेला पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दुस्ख व्यक्त गर्दै तत्काल त्यहाँका पीडित नागरिकका लागि १ हजार पाउन्ड सहयोग पठाउने निर्णय गरेको थियो ।

बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन