
लन्डन । बेलायतको सबैभन्दा ठूलो युद्धपोत बेलायतको एचएमएस प्रिन्स अफ वेल्स विमानवाहक जहाज दक्षिणी इङ्गल्याण्डको पोर्ट्समाउथ बन्दरगाहबाट बाहिरिने बित्तिकै बिग्रिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०१७ मा पहिलो पटक लन्च गरिएको सो विमान वाहक शनिबार दिउँसो पोर्ट्समाउथबाट पाल छोडेको केही समयपछि बिग्रिएको जनाएको छ।
“एचएमएस प्रिन्स अफ वेल्स दक्षिण कोस्ट एक्सरसाइज एरियामा रहेको र हाल अनुसन्धान चलिरहेको,” रोयल नेवीका प्रवक्ताले युके डिफेन्स जर्नललाई बताएका छन् ।
रोयल नेवीले अब “त्यस विमानबाहकको इन्जिनमा देखिएका अन्य मुद्दामा अनुसन्धान गरिरहेको,” प्रवक्ताले द गार्डियनलाई उद्धृत गर्दै जनाएका छन् ।
सो विमान वाहाक ३.५ बिलियन अमेरिकी डलर बराबार मूल्यको रहेको र ६५,००० टन वजनको रहेको बताइएको छ। युद्धपोत संयुक्त राज्य अमेरिकामा चार महिनाको तैनाथीको लागि प्रस्थान गर्दै थियो तर बिग्रिएपछि अहिले आइल अफ वाइट नजिकैको दक्षिणी तटीय अभ्यास क्षेत्रमा अड्किएको बताइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते