
लण्डन । बेलायतले गत साता नेपालसित नेपाली स्वास्थ्यकर्मीहरुलाई बेलायतमा काम गर्न ल्याउने सम्झौता गरेपछि खासगरी नेपाली नर्सहरुमा नयाँ तरङ्ग सिर्जना भएको छ ।
स्वदेशमा रोजगारीको अवसर उपलब्ध नहुनु, भइहाले पनि सन्तुष्ट नहुनाले बेलायतको ढोका खुलेको धेरैले महसुस गरेका छन् । तर वास्तविकता भने तत्काल उत्साहित भइहाल्ने देखिँदैन ।
बेलायतले भने अहिले नै नेपालबाट ठूलो संख्यामा नर्स ल्याइहाल्ने योजना बनाएको देखिँदैन । यो वर्ष परीक्षणका रुपमा करिब १०० जना नर्स मात्र बेलायत ल्याउने बेलायतको योजना रहेको बताइएको छ । यसरी आउने नर्सहरुलाई लाग्ने हवाइ टिकट खर्च, भिसा शुल्क, रजिष्ट्रेसन शुल्कसमेत बेलायतले नै ब्यहोर्ने छ ।
यसरी बेलायत आएका नर्सहरुको वार्षिक तलव २७ हजारदेखि ३२ हजार पाउण्डसम्म हुनेछ ।
शुरुमा बेलायतको ह्याम्पसायर हस्पिटल एनएचएस फाउण्डेसन ट्रष्टले नेपालबाट नर्स बेलायत ल्याउने छ । शुरुको लटमा आउने नर्सहरु अर्को वर्ष (सन् २०२३)को अन्त्य सम्ममा बेलायत आइपुग्ने बेलायतको अनुमान छ । बेलायतले यो प्रक्रिया पूरा गर्न अहिले १५ महिनाको समयसीमा छुट्याएको छ ।
पहिलो लटमा योजना गरेजस्तो सजिलो भयो भने त्यसले हजारौँ नर्सहरुलाई बेलायत ल्याउन बाटो खोल्ने बेलायतको सोचाइ छ । तर यो विषय अहिले नै टुंगो भने लागिसकेको छैन ।
बेलायतमा अहिले करिब ५० हजार नर्सको दरबन्दी खाली छ । आगामी दिनमा यो संख्या अझै बढ्ने आँकलन गरिएको छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा विदेशबाट आएका जनशक्तिको दर्बिलो उपस्थिति छ । सन् २०१४ देखि सन् २०२१ सम्ममा विदेशबाट बेलायतको स्वास्थ्य सेवामा प्रवेश गरेकाहरुको संख्या दोब्बर भएको छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम