
लन्डन । बेलायत भ्रमणमा आएका नेपालका टेलिभिजन तथा प्रिन्ट मिडियाका पत्रकारहरुसित गैरआवासीय नेपाली संघ युकेले अन्तरक्रिया गर्ने भएको छ ।
नेपालका विभिन्न मिडियामा आवद्ध १० जना पत्रकारहरु शनिवार बिहान लन्डन हिथ्रो उत्रिएका छन् ।
लन्डन आएका पत्रकारहरुमा हिमालय टेलिभिजनका सम्पादक राजेन्द्र बानियाँ, योहो टेलिभिजनका सम्पादक जीवराम भण्डारी, एपीवान टेलिभिजन सम्पादक टीकाराम यात्री, योहो टेलिभिजनका विक्रम श्रेष्ठ, ग्यालेक्सी फोरके टेलिभिजनका निमेश बन्जाडे, कान्तिपुर टुडेको दीवाकर ज्ञवाली, नेपाली पात्रोका सन्तोषकुमार देवकोटा, इकान्तिपुरका स्वरुपराज आचार्य र अरुणबहादुर श्रेष्ठ रहेका छन् । पत्रकारहरुका साथमा गायक जेम्स् प्रधान र अर्का गायक योगेश्वर अमात्य पनि लन्डन आएका छन् ।
उनीहरुलाई एनआरएनए यूकेसहित बेलायतका विभिन्न संस्थाआबद्ध अभियन्ताहरुले विमानस्थलमा स्वागत गरेका थिए । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए आइसिसीका उपाध्यक्ष थर्क सेन, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष एलबीजेड गुरुङ, काउन्सिलर विष्णुबहादुर गुरुङ, शिव कल्चरल सेन्टर युकेका उपाध्यक्ष विक्रम भट्टराई, इनास यूकेका अध्यक्ष विनोद चिपालु, हेल्प नेपाल नेटवर्कका प्रसिद्ध प्रधान लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।
एनआरएनए यूके ‘स्पोन्सरसीप’ मा उनीहरु बेलायत आएका अध्यक्ष गाहामगरले जनाए ।
पत्रकारहरुको बेलायतस्थित विभिन्न शहर तथा सांस्कृतिक धरोहर अवलोकन भ्रमण र रात्री भोज तय गरिएको छ ।
बेलायती संसद भवन, टावर ब्रीज, लन्डन आइ, म्याडम टुसाड, बकिंगहम प्यालेस, अक्सफोर्ड, स्टोनहेज भ्रमण, नेपाली मेलामा सहभागिता आदि कार्यक्रम तय छ । लन्डनस्थित नेपाली राजदूतावासले पनि उनीहरुको सम्मानमा रात्रीभोज राखेको छ । आइतबार हिथ्रो नजिक ‘ब्ल्याक टाइ डिनर’ राखिएको छ । गैरआवासीय नेपाली संघ युकेले आफ्नै कार्यालय अल्डरशटमा २३ तारिख मंगलबार साँझ ५ बजे पत्रकार तथा मिडियाकर्मीहरुसित औपचारिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको कोर्डिनेटरको जिम्मेवारी भने संघका प्रवक्ता भरतमणि चोङ्बाङलाइ दिइएको छ ।
युकेको भ्रमणपछि उनीहरु २९ अगष्टमा नेपाल फर्कने कार्यक्रम छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते