
लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय सभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेकोमा त्यसको स्वागत गरेका छन्।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले व्यापक छलफल पछि उक्त संशोधन विधेयक बहुमतले पारित गरेको थियो।
प्रतिनिधि सभाले गत शुक्रबार उक्त संशोधन विधेयक पारित गरेको थियो। अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे पछि उक्त विधेयक कानून बन्ने छ।
‘सबै एनआरएनहरुका लागि खुसीको दिन’ भन्दै अध्यक्ष आचार्यले अब गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खोलेको बताए ।
‘संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्नुका साथै यो विधेयकले एनआरएनहरुलाई नेपालीसरह सामाजिक, आर्थिक र साँस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गरेको छ। नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित रहनुका साथै लगानीको ढोका खुलेको छ। संघको स्थापना काल देखि नै हाम्रा अग्रजहरुले गरेको अथक प्रयास र वर्तमान कार्य समितिको निरन्तर लबिइङ्ग पछि हामीले गैरआवासीय नेपाली नागरिकता पाउन लागेका छौं। यसलाई एउटा ऐतिहासिक उपलब्धिको रुपमा लिँदै अब बन्ने नयाँ कानूनमा हाम्रा हक, अधिकार सुरक्षित गर्न आआफ्नो ठाउँबाट योगदान गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु,’ आचार्यले भने।
उनले उक्त विधेयक पारित गर्न सहयोग गर्ने राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरु, प्रधानमन्त्री शेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानून मन्त्री गोविन्द प्रसाद शर्मा कोइराला, नेपाल सरकार, राजनीतिक दलका नेताहरु, कानूनविद्हरु, मिडियालगायत गैर आवासीय नेपाली संघका साथीहरुलाई पनि धन्यवाद दिएका छन् ।
यसैगरी, संघका उपमहासचिव नारायण आचार्यले यस अभियानमा नेपालमै बसेर सरोकारवाला निकाय तथा ब्यक्तिहरुसंग निरन्तर लबिङ गरिरहेका कार्यकारी अध्यक्ष कुल आचार्य लगायतको टिमलाई धन्यवाद दिएका छन् । साथै उनले संसारभर रहेका एनआरएन अभियन्ताहरुले यो विधेयक पूर्णरूपमा पास नहुन्जेल आआफ्नो क्षेत्रबाट लविङ गरिरहन पनि अनुरोध गरेका छन्।
सन् २००३ मा स्थापित संघले आफ्नो स्थापनाकाल देखि नै गैर आवासीय नेपालीहरुका लागि दोहोरो नागरिकता दिन माग गर्दै आएको थियो। तर नेपालको भूराजनीतिक अवस्थितिले गर्दा दोहोरो नागरिकता दिन नेपाल सरकारले अनिच्छा देखाएपछि नेपालको संविधान २०१५ मा सार्क मुलुकहरुबाहेक अन्यत्र बसोबास गर्ने गैर आवासीय नेपालीहरुलाई गैर आवासीय नेपाली नागरिकता दिने प्रावधान पहिलो पटक राखिएको थियो। संसदमा दर्ता गरिएको चार वर्षपछि मात्रै उक्त विधेयक संसद्का दुवै सदनहरुबाट पारित भएको हो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ