
लण्डन । पोखरेली मंच युकेले हरेक वर्ष सन्चालन गर्दै आएको पैदल यात्रा हाइक फर नेपाल इन वेल्स यस वर्ष पनि सन्चालन हुने भएङ्को छ ।
चौथो हाइक फर नेपाल इन वेल्स अगष्ट ६ तारिखान ब्रेकन वेल्समा हुने भएङ्को छ ।
पारिवारिक हाइकिड्ग र क्याम्पिङको रुपमा गरिने यो पदयात्राका लागि बेलायत बसोबास गर्ने नेपालीहरुलाई सहभागी हुन आयोजक पोखरेली मंच युकेका अध्यक्ष करम गुरुङले आह्वान गरेका छन् ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि वी विल राइज फाउन्डेसनको परिकल्पना र पोखरेली मंच युकेको आयोजनामा सो कार्यक्रम हुँदै आएको छ ।
अगष्ट ५ देखि शुरु हुने यो कार्यक्रममा शनिबार ६ अगस्ट का दिन मुख्य पैदलयात्रा हुने बताइएको छ ।
पैदल यात्राबाट ब्यक्तिगत स्वास्थ्यमा सहयोग पुग्ने र नेपालको पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
वी विल राइज फाउण्डेसन नेपालमा दर्ता भएर हंगकंगबाट संचालित सामाजिक र पर्यटनलाई प्रोत्साहन गर्ने संस्था हो। बेलायतमा वी वील राइजको संयोजक पोखरेली मंच युकेका निवर्तमान अध्यक्ष मान प्रसाद गुरुङ र प्रमुख सल्लाहाकारमा मेजर रिटायर्ड खुशीमान गुरुङ हनुहुन्छ।
विगतमा नेपाली राजदुताबास लण्डन,नेपाली समुदायका अगुवाहरु,एनआरएन युके, तमुधि युके, मगर संघ युके लगायत, समाजसेवीहरु तथा स्थानिय सासंद, मेयर, काउन्सिलरहरु सहभागी रहने गरेको सो कार्यक्रम यस वर्ष पनि भब्य हुने आशा आयोजकले गरेका छन्।
यस पैदलयात्रा हुने क्षेत्र बेलायतमा रहेका नेपालीहरुको एउटा समूहले नेपाली भिलेज इन वेल्स कार्यक्रममार्फत विकास गरिँदै गरेको शहर हो।
शहरको कोलाहलमय वातावरणबाट टाढा प्रकृतिको काखमा रमाउनेहरुको लागि यो ठाउँ र समय महत्वपूर्ण रहने आयोजकले बताएका छन् । पदयात्रा सकिएपछि बेलुका अनौपचारिक रुपमा गायन, नृत्य र सामूहिक नाचगानको आयोजना गरिएको छ।
करिब २५० जना ब्यक्ति सहभागी हुने सो पैदलयात्रामा सहभागी हुन इच्छुकले यहाँ क्लीक गरी फर्म भरेर बुक गर्न सकिने बताइएको छ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम