
लण्डन । सेवाका क्रममा श्रीमान देशबाहिर भएको मौका पारी आफ्नै सहकर्मीकी श्रीमतीलाई सामाजिक सन्जालमा म्यासेज पठाउँदै सताएको अभियोगमा एक सेवारत गोरखा सैनिक कार्बाहीमा परेका छन् ।
बुलफोर्ड सैनिक अदालतले उनलाई सहकर्मीकी श्रीमतीको नजिक जान प्रतिबन्ध लगाउनुका साथै घटुवा पनि गरेको छ ।
डेली मेलका अनुसार ३४ वर्षीय विवाहित सार्जेन्ट बमप्रसाद लुम्बाले सहकर्मीकी श्रीमतीलाई चार महिनाको अवधिमा २७ पटक फोन गरेका थिए । यसका साथै सामाजिक सन्जालमा पनि ‘म खाना खान कहिले आउँ’ भन्दै धेरैपटक म्यासेज पठाएका थिए ।
ती सैनिककी श्रीमतीले त्यस्ता म्यासेज पठाउन बन्द गर्न पटकपटक आग्रह गर्दा र सामाजिक सन्जालमा ब्लक गर्दा पनि लुम्बाले नयाँ नयाँ प्रोफाइल बनाउँदै सताउने गरेको अदालतमा बताइएको छ । फोन गर्ने व्यक्तिको परिचय लुकाउँदै उनले पटकपटक फोन गरेको पनि अदालतमा बताइयो ।
लुम्बालाई अहिले कारबाही गरी सार्जेन्टबाट कर्पोरलमा झारिएको छ ।
सजायँ सुनाउँदै न्यायाधीश रोबर्ट हिलले सेवामा देशबाहिर गएका गोरखाको श्रीमतीको सहकर्मी गोरखा सैनिकले हेरचाह गर्नु पर्नेमा रोमान्सका लागि फकाउनु सैन्य समुदायमा स्वीकार गर्न नसकिने घटना भएको बताए ।
लुम्बा क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेन्टमा कार्यरत छन् । उनी विवाहित हुन् ।
लुम्बाका वकिलले लुम्बाले खराब नियतले त्यसो नगरेको तर दुर्भाग्यपूर्ण घटना बताएका छन् ।
पीडितले अदालतबाट आफूमाथि न्याय नपाएको बताएकी छिन् । उनले आफ्नो घरमै डराएर बस्नुपरेको, काममा जाँदा पनि सुरक्षाका लागि साथीभाइसित जानु परेको बताएकी छिन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ